सोलुखुम्बुको लोबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना

दुर्घटना

सोलुखुम्बुको लोबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना

हेलिकप्टरका पाइलट सकुशल

Screenshot_20251029_111029_Gallery

काठमाडौं —सोलुखुम्बुको लोबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको छ ।

लोबुचे हेलिप्याडमा अवतरण गर्ने क्रममा चिप्लिएर बुधबार बिहान हेलिकप्टर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

हेलिकप्टरमा पाइलटबाहेक यात्रु भने थिएनन् । हेलिकप्टरका पाइलट विवेक खड्का भने सकुशल रहेका छन् ।

लुक्ला विमानस्थलका अनुसार बिहान ८:१५ बजे अल्फा माइक सेरा कलसाइन भएको हेलिकोप्टर अवतरणका क्रममा चिप्लिएको हो । उक्त हेलिकोप्टर बिहान ७:४३ मा लुक्लाबाट उद्धार उडानका लागि लोबुचेतर्फ उडेको थियो । हेलिकप्टर चिप्लिएका बेला पर्यटकहरूले ‘ला ! हेलिकप्टर दुर्घटना भयो’ भन्दै कराएको भिडियोहरू सामाजिक सञ्जालमा समेत पोस्ट भएका छन् ।

क्याप्टेन खड्कालाई लिन लुक्लाबाट कैलाश एयरको हेलिकोप्टर गएर फर्किसकेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ