पोखरा । भदौ २४ को जेनजी आन्दोलनका क्रममा प्रहरीको सवारीसाधन जलाइए । बैदाम प्रहरीको पनि मोटरसाइकल जलाइयो । तिहारको अवसरमा देउसी-भैलो खेलेर संकलित रकमबाट वडा प्रहरी कार्यालय बैदामले एक थान मोटरसाइकल खरिद गरेको छ।
लक्ष्मी पूजाका दिन, २०८२ कार्तिक ३ गते वडा प्रहरी कार्यालय बैदामको आयोजनामा भएको देउसी-भैलो कार्यक्रमबाट संकलित रकममा कार्यालयले केही थप गरी मोटरसाइकल खरिद गरिएको हो।
वडा प्रहरी कार्यालय बैदाम परिसरमा आयोजित उक्त देउसी-भैलो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्मा, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्की, स्थानीय भद्रभलाद्मी, बुद्धिजीवी, समाजसेवी, व्यवसायी, वडा अध्यक्षहरू, सामुदायिक सेवा केन्द्रका अध्यक्षहरू र पत्रकारहरूको समेत उपस्थिति थियो।
देउसी-भैलोबाट २ लाख २१ हजार ५ सय १४ रुपैयाँ संकलन भएको थियो। यसमा कार्यालयबाट केही रकम थप गरी जम्मा २ लाख २४ हजार ९ सय ७० रुपैयाँमा कार्यालय प्रयोजनका लागि मोटरसाइकल खरिद गरिएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले उक्त नव-खरिद मोटरसाइकल वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायव उपरीक्षक नमराज भट्टराईलाई हस्तान्तरण गरे। यस कार्यले प्रहरी कार्यालयको कार्यसम्पादनमा थप सहजता आउने अपेक्षा गरिएको छ।
सम्बन्धित खबर
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
एभरेस्ट एफएमको पाचौं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई थप १ लाख प्रदान
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’