पोखरा । भदौ २४ को जेनजी आन्दोलनका क्रममा प्रहरीको सवारीसाधन जलाइए । बैदाम प्रहरीको पनि मोटरसाइकल जलाइयो । तिहारको अवसरमा देउसी-भैलो खेलेर संकलित रकमबाट वडा प्रहरी कार्यालय बैदामले एक थान मोटरसाइकल खरिद गरेको छ।
लक्ष्मी पूजाका दिन, २०८२ कार्तिक ३ गते वडा प्रहरी कार्यालय बैदामको आयोजनामा भएको देउसी-भैलो कार्यक्रमबाट संकलित रकममा कार्यालयले केही थप गरी मोटरसाइकल खरिद गरिएको हो।
वडा प्रहरी कार्यालय बैदाम परिसरमा आयोजित उक्त देउसी-भैलो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्मा, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्की, स्थानीय भद्रभलाद्मी, बुद्धिजीवी, समाजसेवी, व्यवसायी, वडा अध्यक्षहरू, सामुदायिक सेवा केन्द्रका अध्यक्षहरू र पत्रकारहरूको समेत उपस्थिति थियो।
देउसी-भैलोबाट २ लाख २१ हजार ५ सय १४ रुपैयाँ संकलन भएको थियो। यसमा कार्यालयबाट केही रकम थप गरी जम्मा २ लाख २४ हजार ९ सय ७० रुपैयाँमा कार्यालय प्रयोजनका लागि मोटरसाइकल खरिद गरिएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले उक्त नव-खरिद मोटरसाइकल वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायव उपरीक्षक नमराज भट्टराईलाई हस्तान्तरण गरे। यस कार्यले प्रहरी कार्यालयको कार्यसम्पादनमा थप सहजता आउने अपेक्षा गरिएको छ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो