पोखरा । सांसद राजीव पहारीले केही दिनअघि पोखराको पुम्दीभुम्दीमा बलात्कारपछि हत्या गरिएकी १० बार्षिया बालिका श्रेया सुनारको परिवारलाई भेटे । पारिवारिक अवस्था देखेर मन थाम्नै सकेनन् र भने–अपराधीलाई मृत्युदण्ड दिने कानुन बनाउन संसदमा दवाव दिन्छु । सोही बेला उनले १० हजार रुपैयाँ आर्थिक सहयोग पनि गरेका थिए ।
तर पहारीले बोलेको त्यही कुरालाई लिएर अधिकारकर्मीहरुले विरोध गरेका छन् । एमनेस्टी इन्टरनेसनल नेपाल समूह ८२ ले मृत्युदण्ड विरुद्ध आवाज उठाएको हो । शुक्रबार आयोजित सभामा एमनेस्टीका संयोजक हेरम्बप्रसाद कोइरालाले दण्डको विभिन्न प्रकृति भएको भन्दै अन्तराष्ट्रियरुपमै हटाउँदै आएको मृत्युदण्डको सजाय नेपालमा आवश्यक नभएको बताए ।
नेपाल ट्रेड युनियन कांग्रेस कास्कीका अध्यक्ष विजयराज भण्डारीले मानवको बाँच्न पाउने अधिकार कसैले खोस्न नहुने धारणा राखेका थिए । कार्यक्रममा एम्नेस्टीका पूर्व संयोजक देवमणि भण्डारीले मानवीय संवेदनामा कसैले खेल्न नहुने बताए ।
कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले पुँजीवादले यौजघन्य हिंसा बढेको भन्नु, प्रदेश सांसद राजीव पहारीले मृत्युदण्डको कानुन बनाउनुपर्छ भन्नु, संघीय संसदमा मृत्युदण्डको सजाँयमा बहस हुनु नकारात्मक पक्ष भएको भन्दै एम्नेस्टीले कडा विरोध जनाएको छ । विश्वमा हट्दै गएको मृत्युदण्डको कानुन नेपालमा बहसमा नै आउनु आवश्यक नभएको उनीहरुको भनाई छ ।
संविधानमा भएको दण्ड कानुन परिमार्जन गरी आजीवन काराबासको सजाएँ बनाउन समूहले सुझाव दिएको छ । विश्वव्यापी घोषणापत्र १९४८ पक्ष राष्ट्र नेपालले महासन्धीको धारा ३ मा जीवनको स्वतन्त्रता र सुरक्षाको ग्यारेन्टी गरेको स्मरण गर्दै अन्तराष्ट्रियरुपमा नेपाललाई फेल गराउने षड्यन्त्रको समूहले विरोध गरेको छ । विश्वको विभिन्न मुलुकमध्ये २९ वटा देशमा मृत्युदण्डको सजायँ कानुन हटाउने क्रममा रहेको समूहले जानकारी दिएको छ ।
श्रीयाको परिवारलाई सांसद पहारीको सहयोग, दिदी र भाईकाे पढाई खर्च ब्यहोर्ने
गण्डकी प्रदेशका सांसद एवं नेकपाका नेता राजिव पहारीले बलात्कारपछि हत्या गरिएकी पोखरा–२२ पुम्दी भुम्दीकी १० वर्षीया श्रीया विक सुनारको परिवारलाई आर्थिक सहयोग गरे ।
प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढासहित जिल्लास्थित सुरक्षा अधिकारी लिएर श्रीयाको घर पुगेका सांसद पहारीले आमा बेलकुमारीलाई ३० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेका हुन्। पहारीले व्यक्तिगत रुपमा १० हजार र प्रहरीले सम्मान स्वरुप पाएको २० हजार रुपैयाँ श्रीयाको परिवारलाई प्रदान गरिएको हो।
साथै श्रीयाकी दिदी र भाईको पढाई खर्चको जिम्मेवारी पनि पहारीले लिएका छन्। अब श्रीयाका १४ वर्षीया दिदी र ७ वर्षीय भार्इले निःशुल्क पढ्न पाउनेछन्।
त्यस अवसरमा पहारीले पीडित परिवारसमक्ष बलात्कारीलाई कारबाही गर्ने र फासीको सजाय दिन सदनमा आवाज उठाउने प्रतिबद्धता जनाएका थिए।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’