स्याङ्जाको पुतलीबजार नगरपालिका –५ पौवैगौंडेस्थित सितला माध्यमिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयमा अध्ययनरत १४५ विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो ।
बैंकले एक लाख ५० हजार रुपैयाँ बराबरको न्यानो कपडा हस्तान्तरण गर्दै विद्यार्थीको स्वास्थ्य र पढाइमैत्री वातावरणलाई सहयोग पुगोस भन्ने उद्देश्य राखेको बैंकका सञ्चालक भरतप्रसाद लम्सालले बताए ।
लम्सालका अनुसार “बैंक बढ्न समाजको भूमिकासँगै समाज माथि उठ्न बैंकको सहकार्य जरुरी हुन्छ,” भन्दै बैंकले नाफाभन्दा बाहिर निस्केर समाजका जेहेन्दार र मेहनती वर्गलाई साथ दिँदै आएको उल्लेख गरे ।
मुक्तिनाथ विकास बैंक उप–क्षेत्रीय कार्यालयका प्रमुख ऋषि ढकालले सेवा विस्तारसँगै सामाजिक उत्तरदायित्वमा पनि बैंक उत्तिकै केन्द्रित रहेको बताए । “समाजका हरेक समूहसँग हातेमालो गर्दै अघि बढ्नु नै हाम्रो प्राथमिकता हो,” उनले भने ।
२०६३ सालमा स्याङ्जाबाट कारोबार सुरु गरेको बैंक अहिले नौ अर्बभन्दा बढी चुक्तापुँजीसहित वाणिज्य बैंकतर्फ उक्लने तयारीमा छ । छोटो समयमै राष्ट्रिय स्तरमा विश्वसनीयता बनाएको बैंकले स्थानीय क्षेत्रमा निरन्तर सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
यस्तै, विद्यालयका पूर्वविद्यार्थी मञ्चको पहलमा १० हजार रुपैयाँ बराबरका खेलकुद सामग्री पनि विद्यालयमार्फत विद्यार्थीलाई हस्तान्तरण गरिएको विद्यालयले जनाएको छ ।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रोनाल्डो हात्तीको मृत्यु, ३८ छावाको बाबु थिए रोनाल्डो
माथिल्लो त्रिशूली-१ आयोजनाको टनेलबाट ६ शव निकालियो
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
रसुवा बाढीमा हालसम्म १ हजार ४१० को शव फेला, ६ हजार बढी वेपत्ता
कृष्णभीरमा पहिरो हटाएर खुल्यो नयाँ ट्रयाक, असोज १ देखि दुईतर्फी खुल्ने
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा