स्याङ्जाको पुतलीबजार नगरपालिका –५ पौवैगौंडेस्थित सितला माध्यमिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयमा अध्ययनरत १४५ विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो ।
बैंकले एक लाख ५० हजार रुपैयाँ बराबरको न्यानो कपडा हस्तान्तरण गर्दै विद्यार्थीको स्वास्थ्य र पढाइमैत्री वातावरणलाई सहयोग पुगोस भन्ने उद्देश्य राखेको बैंकका सञ्चालक भरतप्रसाद लम्सालले बताए ।
लम्सालका अनुसार “बैंक बढ्न समाजको भूमिकासँगै समाज माथि उठ्न बैंकको सहकार्य जरुरी हुन्छ,” भन्दै बैंकले नाफाभन्दा बाहिर निस्केर समाजका जेहेन्दार र मेहनती वर्गलाई साथ दिँदै आएको उल्लेख गरे ।
मुक्तिनाथ विकास बैंक उप–क्षेत्रीय कार्यालयका प्रमुख ऋषि ढकालले सेवा विस्तारसँगै सामाजिक उत्तरदायित्वमा पनि बैंक उत्तिकै केन्द्रित रहेको बताए । “समाजका हरेक समूहसँग हातेमालो गर्दै अघि बढ्नु नै हाम्रो प्राथमिकता हो,” उनले भने ।
२०६३ सालमा स्याङ्जाबाट कारोबार सुरु गरेको बैंक अहिले नौ अर्बभन्दा बढी चुक्तापुँजीसहित वाणिज्य बैंकतर्फ उक्लने तयारीमा छ । छोटो समयमै राष्ट्रिय स्तरमा विश्वसनीयता बनाएको बैंकले स्थानीय क्षेत्रमा निरन्तर सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
यस्तै, विद्यालयका पूर्वविद्यार्थी मञ्चको पहलमा १० हजार रुपैयाँ बराबरका खेलकुद सामग्री पनि विद्यालयमार्फत विद्यार्थीलाई हस्तान्तरण गरिएको विद्यालयले जनाएको छ ।
सम्बन्धित खबर
बालेन्द्रको घरमा चोरी भएको घटना के हो ?
सहिदका आकांक्षा पूरा गर्नु नै सच्चा श्रद्धाञ्जलीः प्रदेश प्रमुख भट्ट
सर्वोच्चले भन्यो- संसद् पुनः स्थापनको मागमा २० गते पेसी तोकिएको होइन, हल्ला फैलाइयो
निर्वाचनका लागि दल र उम्मेदवारलाई छुट्टै बैंक खाता खोल्न राष्ट्र बैंकको निर्देशन
रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिटमा सर्वोच्चले माग्यो थप प्रमाण
रवि लामिछानेमाथि लागेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा सरकारद्वारा फिर्ता
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो