पोखरा । विद्यार्थीमा खेल उत्साह बढाउने र नयाँ खेलाडी पहिचान गर्नका लागि पालिखेचोकस्थित प्रतिभा माविमा विहीबारदेखि वार्षिक खेलकुद कार्यक्रम सुरु गरिएको छ ।
विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीका लागि आयोजित कार्यक्रममा विभिन्न खेल गतिविधि संचालन गरिनेछ । तीनदिनसम्म चल्ने वार्षिक खेलकुद कार्यक्रमको पोखरा महानगरपालिका–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले उद्घाटन गरेका थिए ।
खेलकुद कार्यक्रमका संयोजक राकेश जोशीका अनुसार वार्षिक खेल गतिविधि अन्तर्गत बास्केटबल, भलिवल, फुटसल, क्रिकेट, ब्याडमिन्टन, चेस, टेवलटेनिस र एथलेटिक्सका खेल खेलाइनेछ । विभिन्न कक्षाका छात्र तथा छात्राहरुले खेल गतिविधिमा व्यक्तिगत तथा समूहगत तरिकाले सहभागिता जनाएका छन् ।

जोशीका अनुसार वार्षिक कार्यक्रम अन्तर्गतको फुटसल प्रतियोगिता केहीदिन अघि नै सम्पन्न गरिएको छ । बाँकी खेल गतिविधि भने अबका तीनदिन संचालन हुनेछ । ‘खेल गतिविधि मनोरञ्जनका लागि मात्र नभई शारीरिक मानसिक वृत्तिका लागि पनि आवश्यक पर्छ,’ जोशीले भने, ‘खेल क्षेत्रमा उत्साह जगाउनका लागि पनि विद्यालय तहमा यस्ता गतिविधि आवश्यक पर्छ ।’ उनका अनुसार खेलकुदका विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीलाई मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
प्रमुख अतिथि मर्सानीले विद्यालयमा हुने यस्ता गतिविधिले खेलाडी पहिचान गर्न सघाउने बताए । ‘नयाँ खेलाडीको पहिचान र उत्पादनका लागि यस्ता गतिविधि निरन्तर हुनुपर्छ । विद्यार्थीमा पढाईका साथसाथै खेल क्षेत्रमा पनि चाँसो जगाउनुपर्छ,’ उनले भने, ‘खेलाडी पहिचान गर्नका लागि पनि गतिविधि हुनुपर्छ ।’

विद्यालयमा हुने यस्ता खेलका गतिविधि शारीरिक मात्र नभई मानसिक विकास पनि भएको उनले बताए । विद्यालयले आयोजना गर्ने यस्ता गतिविधि विद्यालयका लागि मात्र नभई समग्र पोखरा महानगरपालिकाको प्रतिष्ठासँग पनि जोडिने भएकोले स्थानीय तहले प्रोत्साहन गर्ने उनले बताए । राष्ट्रिय खेलकुदमा विद्यार्थीले योगदान गर्न सके वडा कार्यालयले विशेष तरिकाले प्रोत्साहन गर्ने पनि उनले बताए ।
विद्यालयका प्राचार्य किरण सापकोटाले विद्यालयमा हुने यो गतिविधिमा विभिन्न समूह र व्यक्तिगत रुपमा विद्यार्थीले आन्तरिक प्रतिश्पर्धा गर्नेछन । सयौं विद्यार्थीले खेल गतिविधिमा सहभागिता जनाएको उनले बताए । ‘खेलकुदमार्फत विद्यार्थीले आफ्नो क्षमता देखाउन पाउने यो गतिलो अवसर हो । कतिवय विद्यार्थीमा लुकेको व्यक्तित्व यस्तै गतिविधिमार्फत बाहिर आउने हो,’ सापकोटाले भने, ‘खेलकुदमा सफलता हुँदा व्यक्तिलाई मात्र नभई समग्र राष्ट्रलाई पनि सफलता मिल्छ ।’
विद्यालयले आगामि समयमा हुने विभिन्न बाह्य प्रतिश्पर्धाका लागि पनि यिनै गतिविधिमार्फत खेलाडी पहिचान गर्ने उनले बताए । प्रतिभाको पहिचान बढाउन विद्यार्थीले शिक्षाका साथसाथै खेलकुदमा पनि उत्तिकै सफलता दिलाएको उनले बताए ।
‘विद्यालयमा हुने यस्ता गतिविधि नयाँ खेलाडी उत्पादन गर्ने नर्सरी हुन । खेलकुदका हरेक गतिविधिमा विद्यालयले उत्तिकै साथ दिनेछ,’ प्राचार्य सापकोटाले भने, ‘विद्यालयले अघिल्ला वर्ष खेलकुदमा दिलाएको सफलताले विद्यालयको पहिचान बढाएको छ ।’ विद्यालयले हरेक वर्ष खेलकुदका यस्तै कार्यक्रम आयोजना गर्दै आएको छ ।





सम्बन्धित खबर
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
पोखरामा मोटरसाइकलको ठक्करबाट स्कूटरमा सवार १७ वर्षीय सिर्जनको निधन
रास्वपा पोखरा महानगर सभापतिमा योगेन्द्र केसी सर्वसम्मत चयन
शिशुवामा युआरएलको शिविर, ६ सय १ जनाको सित्तैमा जाँच
पिसिएम कप प्लस टु फुटसलको उपाधि तालपारी टीमले जित्यो
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ