पोखरा । अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरा लेकसाइडमा हुने सडक महोत्सवले २७ औं वसन्त पार गर्दै छ । साढे २ दशक लामो यात्रामा विभिन्न आरोह अवरोह पार गर्दै महोत्सव पोखराको पहिचानका रुपमा स्थापित भएको छ ।
आयोजक संस्था रेस्टुरेन्ट एण्ड बार एसोसियसन अफ नेपाल (रेबान) पोखराले पोखरामा पत्रकार सम्मेलन गरी निरन्तरताको सन्देश दिएको हो । पुस १३ देखि १७ गतेसम्म लेकसाइडको साढे ३ किलोमिटरमा महोत्सव हुने महोत्सव संयोजक तथा रेवान पोखराका प्रथम उपाध्यक्ष वसन्त गौतमले जानकारी दिए ।
२६ वर्ष अघिदेखि निरन्तर महोत्सवले यो पटक पनि निरन्तरता पाएको उनले सुनाए । ‘कहिले राजनीतिक अस्थितरता र आन्दोलनको सकस, कहिले विनासकारी भूकम्पको पीडा, त कहिले विश्व नै ठप्प पार्ने कोरोना महामारीको सन्नटा अनि पछिल्लो जेनजी आन्दोलन,’ संयोजक गौतमले भने, ‘यी सबै हाम्रासामु पहाड बनेर उभिए । यद्यपि, यस्ता विषम परिस्थिति र संकटका बाबजुद दिगो पर्यटनको परिकल्पनालाई सार्थक बनाउन हामी निरन्तर लागि पर्यौं ।’
‘सडकमै खाउँ, सडकमै नाचौं, सडकमै रमाउँ’ भन्ने नाराका साथ आयोजना हुँदै आएको महोत्सवले पोखरालाई आन्तरिक तथा बाह्य पर्यटकलाई अंग्रेजी नयाँ वर्षको गन्तव्य स्थलका रुपमा विकास गरेको रेवान पोखरा अध्यक्ष विश्वराज पौडेलले पत्रकार सम्मेलनमा बताए । कला संस्कृति प्रवर्धन गर्न, स्थानीय स्तरमा उत्पादित सामग्रीको बजारीकरणमा सघाउन, पोखरा र लेकसाइडको प्रचारप्रसार, व्यापार बढाउन, पोखराको ब्रान्डिङ गर्न महोत्सव आयोजना गर्न लागिएको कार्यक्रम संयोजक तथा रेवान पोखराका उपाध्यक्ष वसन्त गौतमले जानकारी दिए ।
महोत्सवमा मुख्य आर्कषणमा विभिन्न जातजातिका लोपोन्मुख साँस्कृतिक कार्यक्रम, मौलिक भेषभूषा प्रदर्शन, झाँकी प्रदर्शनी प्रतियोगिता, राष्ट्रिय तथा अन्तराष्ट्रिय खानाको प्रदर्शन, लाइभ कन्सर्ट, खेलकुदतर्फ डुंगा दौड प्रतियोगिता, वेटर रेस, डोरी तान्ने प्रतियोगिता, मःम तथा ससेज खाने लगायतका प्रतियोगिता छन् । सचेतनामूलक सडक नाटक, सेल्फी फोटो बुथ पनि राखिने छन् ।
महोत्सव अवधिभा पोखराको पर्यटनको विकास, प्रवद्र्दन, अवसर तथा चुनौतिका विषय केन्द्रीत अन्र्तक्रिया कार्यक्रम पनि हुने संयोजक गौतमले बताए । महोत्सवको प्रवद्र्धकमा नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार, पोखरा भ्रमण वर्ष २०२५ र पोखरा पर्यटन परिषद् छन् । महोत्सवमा पोखरा सेरोफेरोको स्थानीय उत्पादित हस्तकला, चित्रकला, मुर्तिकला तथा कृषि, वनस्पती लगायतका कृषि उपजलाई प्राथमिकता साथ प्रदर्शनी गरिने रेवान पोखराका पूर्वअध्यक्ष नरेश भट्टराईले जानकारी दिए ।
महोत्सवको अवसरमा पोखराका विभिन्न साहसिक गतिविधि समेटिएको वृत्तचित्र प्रदर्शन, पर्यटकीय गन्तव्यको प्रवद्र्दन गरिनेछ । होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पोखरा सडक महोत्सवको आयोजना रेवान पोखराले गरे पनि यो महोत्सव सबैको साझा महोत्सव भएको बताए ।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले महोत्सव अवधिभर खानामा गुणस्तर कायम गर्दै बस्ने र खाने कुराको मूल्य आकासिने गरेको गुनासो हरेक वर्ष आउने गरेकाले यस वर्ष विशेष निगरानी राख्न सुझाव दिए । नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष माधव बरालले महोत्सवलाई सफल बनाउन पोखरेली पत्रकारको सहयोग रहने प्रतिवद्धता जनाए ।
सम्बन्धित खबर
फेवा किनारमा पुस १३ गतेबाट २७ औं सडक महोत्सव
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’
प्रतिभा माविमा बिजनेस प्लानसम्बन्धी प्रस्तुती
पोखरा जेसीजको अध्यक्षमा सुमन पहारी विजयी
न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’