प्रहरी कार्यालयलाई मुक्तिनाथ बैंकको टेलिभिजन सहयोग

प्रहरी कार्यालयलाई मुक्तिनाथ बैंकको टेलिभिजन सहयोग

tv-help-mbbl-syangja-police

मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत जिल्ला प्रहरी कार्यालय स्याङ्जालाई ५० इञ्चको रंगिन टेलिभिजन प्रदान गरेको छ ।

टेलिभिजन हस्तान्तरण गर्दै बैंकका सञ्चालक भरतप्रसाद लम्सालले प्रहरी कार्यालयको आवश्यकता र मागअनुसार सहयोग गरिएको बताए । उनले बोर्डको निर्णयअनुसार यो सहयोग गरिएको उल्लेख गर्दै आगामी दिनमा पनि सहकार्य निरन्तर रहने बताए ।

कार्यालयमा आउने सेवाग्राहीले प्रतिक्षालयमै बसेर सूचनामूलक श्रव्य दृश्य सामग्री हेर्न र सुन्न सक्ने भएकाले यो उपकरण उपयोगी हुने लम्सालले बताए ।

स्याङ्जा प्रहरी प्रमुख प्रहरी उपरीक्षक दधिराम न्यौपानेले बैंकले मागअनुसार सहयोग उपलब्ध गराएर प्रहरी प्रशासनलाई सघाएको भन्दै आभार व्यक्त गरे । कार्यक्रममा बैंकका उपक्षेत्रीय निर्देशक ऋषिराम ढकाल, प्रहरी निरीक्षक सागर कार्की लगायतले पनि सहयोगको महत्वबारे बोलेका थिए ।

१९ वर्षअघि पुतलीबजारबाट सुरुवात गरेको मुक्तिनाथ विकास बैंक अहिले वाणिज्य बैंकको रूपमा अघि बढ्ने लक्ष्यसहित सेवा विस्तार गरिरहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ