काठमाडौँ — सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो सिजन नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल्ने भएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा मंगलबार भएको क्वालिफायर–१ मा उसले विराटनगर किंग्सलाई ७७ रनले पराजित गरेको हो ।
गत सिजन पनि सुदूरपश्चिमले क्वालिफायर–वानमा जनकपुर बोल्ट्सलाई हराएर फाइनल पुगेको थियो ।
पराजित विराटनगरले भने अब क्वालिफायर–२ खेल्नेछ । त्यसमा उसको प्रतिद्वन्द्वी इलिमिनेटरको विजेता हुनेछ । इलिमिनेटरमा काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स बुधबार खेल्दैछन् । जितका लागि १ सय ५६ रनको लक्ष्य पाएको विराटनगर १४.१ ओभरमा ७८ रन बनाएर अलआउट भयो । यससँगै सुदूरपश्चिमले लिग चरणमा विराटनगरसँग बेहोरेको एक मात्र हारको बदला पनि लिएको छ ।
विराटनगरका फाफ डु फ्लेसिस ३६ रन बनाएर स्कट कुग्लेनको बलमा दीपेन्द्रसिंह ऐरीले क्याच लिएपछि विराटनगरको एकोहोरा हार औपचारिकता मात्र बनेको थियो । उनी नै सर्वाधिक रन बनाउने खेलाडी रहे । ओपनरका रूपमा फ्लेसिसले २९ बलमा तीन चौका र एक छक्का प्रहार गरे । विराटनगरको सुरुआत राम्रो रहेन् र ओपनर साम हेजलेट इनिङ्सको पहिलो बलमै आउट भए । लगतै मार्टिन गुपटिल दुई रन बनाएर आउट भए ।
नरेन भट्ट पनि आफ्नो खाता खोल्न असफल रहे । यस्तोमा विराटनगर तीन रन बनाउँदा तीन विकेट गुमाएको थियो । स्कोरले ४२ रन छुँदा बासिर अहमद दीपेन्द्रसिंह ऐरीको बलमा उनीद्वारा नै समातिए । मिलन बोहराले लोकेश बमलाई पाँच रनको व्यक्तिगत स्कोरमा आउट गरेपछि विराटनगरले ५० रन बनाउँदा पाँच विकेट गुमाएको थियो । नारायण जोशी पनि एक रन मात्र बनाए आउट भए भने प्रतीश जीसीले रनआउट हुन अगाडि तीन रन मात्र थपे । मर्चेन्ट डि ल्याङ्गेको ब्याटबाट अन्त्यतिर १५ रन निस्केको थियो ।
त्यस अगाडि ओपनर विनोद भण्डारीको अर्धशतकको मदद्तले सुदूरपश्चिमले सात विकेट गुमाएर १ सय ५५ रन बनाएको थियो । उनले सर्वाधिक ६३ रन बनाए । उनले ५२ बलमा तीन चौका र दुई छक्का प्रहार गरे । उनको यस सिजन यो दोस्रो अर्धशतक हो । उनलाई छाडेर अरूले गतिलो योगदान गर्न सकेनन् । आफ्नो पहिलो खेल खेलिरहेका अर्का ओपनर पाकिस्तानी ब्याटर मुख्तार अहजमले १० रन मात्र बनाए ।
यस्तै सेल्डन ज्याक्सनले पनि पहिलो खेल खेल्ने क्रममा ११ बलमा २० रन जोडे । इशान पाण्डे भने १३ रन बनाएर हेजलेटको बलमा आउट भए । नरेन भट्टले त्यसमा बाउन्ड्रीमा सनसनीपूर्ण क्याच लिए । दीपेन्द्रसिंह ऐरीले पनि धेरै ठूलो योगदान दिन सकेनन् र उनी तीन रन मात्र बनाएर रनआउट भए । हरमित सिंहले १४ रन मात्रै बनाउन सके । आरिफ सेखले इनिङ्सको अन्त्यति २० रन बनाए । विराटनगरको बलरमध्ये प्रतिश र ल्याङ्गेले दुई दुई विकेट लिए ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर