सशस्त्र प्रहरी बल नेपालले नेपालीहरुको महान चाड बडादशैंको टीकाको दिन कात्तिक २ गते पोखरामा निशुल्क बससेवा सञ्चालन गर्ने भएको छ ।
प्रहरी बलको हुल तथा दङ्गा व्यवस्थापन तालिम शिक्षालय लामापाटनले सेवा दिन लागेको हो । बडादशैंको टीकाको दिन हुन सक्ने सवारी अभावलाई ध्यानमा राख्दै सर्वसाधारणको सुविधाका लागि निशुल्क बस सेवा सञ्चालन गर्न लागिएको तालिम शिक्षालयका प्रमुख बरिष्ठ प्रहरी उपरिक्षक राजेन्द्र बस्नेतले जानकारी दिए ।
सशस्त्र प्रहरी बलको व्यानर सहितको २ वटा बसले निशुल्क पोखराका बिभिन्न क्षेत्रलाई रुट बनाएको छ । लामापाटनबाट बिहान १० बजे सर्वसाधारणको सेवाका लागि छुट्ने बस अमरसिंह, मुस्ताङ्गचोक, छोरेपाटन, लेकसाइड, जिरो किमी, सृजनाचोक, न्युरोड, चिप्लेढुङ्गा, नदिपुर, बगर, रानीपौवाको रुटमा दिउसो ४ बजे सम्म चल्ने छ । ‘हामी पब्लिककै लागि हौं, दशैं तिहारमा पब्लिकलाई सेवा तथा सुरक्षा दिनु हाम्रो जिम्मेवारी हो’ सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक बस्नेतले भने ‘दशैं हामी पनि मान्छौं तर जनता हाम्रो पहिलो प्राथमिकता हो ।’
दशैंको अवधिभर हुन सक्ने कुनै पनि जोखिमका लागि तालिम शिक्षालयले एम्बुलेन्स को निशुल्क सेवा समेत प्रदान गर्ने भएको छ । एम्बुलेन्स आवश्यकताका जुनसुकै बेला तालिम शिक्षालयको हटलाइन नम्बरमा फोन गरेर सेवा लिन सकिने बस्नेत ले बताए । एम्बुलेन्सका लागि हटलाइन नम्बर ९८५१२७२०६० र ९८५१२७२०१८ मा फोन गर्न सकिने छ ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए