नेपाल प्रिमियर लिग एनपीएल सिजन– २ को उपाधि लुम्बिनी लायन्सले जितेको छ ।
फाइनलमा सुदूरपश्चिम रोयल्सविरुद्ध ६ विकेटको जित निकाल्दै लुम्बिनीले उपाधि चुमेको हो । सुदूरपश्चिमले दिएको ८६ रनको झिनो लक्ष्य लुम्बिनीले नवाैँ ओभरको अन्तिम बलमा चार विकेटको क्षतिमा पूरा गर्यो ।
सुदूरपश्चिम लगातार दोस्रोपटक फाइनलमा निराश भएको हो । पहिलो संस्करणको फाइनलमा जनकपुर बोल्ट्ससँग पराजित हुँदै उपविजेता बनेको थियो । यसपटक पनि उस्तै नियति दोहोरियो ।
आजको खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरपश्चिम रोयल्सले १९ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै ८५ रनको योगफल खडा गरेको थियो । सुदूरपश्चिमका लागि ईशान पाण्डेले सर्वाधिक ३३ रन जोडे । उनले ५१ बलमा एक चौकाको सहयोगमा ३३ रन जोडेका हुन् ।
यस्तै, कप्तान दिपेन्द्रसिंह ऐरीले १३ रन बनाए भने हरमीत सिंह र स्कट कुगेलिइनले समान १०/ १० रन जोड्न सके । त्यसबाहेक अन्य ब्याट्सम्यानहरूले दोहिरो अङ्कमा रन जोड्न सकेनन् ।
लुम्बिनी लायन्सका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे । उसका लागि शेर मल्ल, रुबेन ट्रम्पेलमान र कप्तान रोहितकुमार पौडेलले समान तीन/तीन विकेट हात पारे । यस्तै, तिलक भन्डारीले एक विकेट लिए ।
कुनै समय एक हारले पनि प्रतियोगिताबाट बाहिरिने संघारमा रहेको लुम्बिनीले शानदार पुनरागमनसहित एनपीएलको उपाधि जित्न सफल भएको छ । लुम्बिनी लायन्स टिमले लिगमा पूछारमा रहँदै पहिलो सिजन सकाएको थियो । दोस्रो सिजनमा भने रोहितकै नेतृत्वमा लुम्बिनी लायन्सले उपाधि जितेको छ ।
गत सिजन अंक तालिकाको पुछारमा रहेको र बाहिरिने पहिलो टोली बनेको लुम्बिनीले दोस्रो सिजनमा भने उपाधि जित्न सफल भएको हो। यो सिजन पनि लुम्बिनी कुनै समय बाहिरिने संघारमा थियो। पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले पराजित गरेपछि लुम्बिनी लगातार तीन खेलमा हारेको थियो।
लुम्बिनीले दोस्रो खेलमा कर्णालीसँग ९ विकेट, तेस्रो खेलमा काठमान्डुसँग २२ रन र चौथो बेलमा सुदूरपश्चिमसँग ७ विकेटको पराजय भोगेको थियो।
त्यसपछि एक हारले उसको यात्रा सकिने अवस्था थियो। तर उसले त्यसपछि लिग चरणमा पोखरालाई ३ विकेट, विराटनगरलाई ५ विकेट र जनकपुरलाई ४ विकेटले पराजित गरेर अंक तालिकामा चौथो बनेर प्लेअफमा स्थान बनायो।
एलिमिनेटमा लुम्बिनीले काठमान्डुलाई ४ विकेटले हराएर दोस्रो क्वालिफायरमा स्थान बनायो। यस्तै दोस्रो क्वालिफायरमा पनि उसले विराटनगरलाई ४० रनले हराएर फाइनलमा स्थान बनाएको थियो।
फाइनलमा पनि सुदूरपश्चिममाथि जित निकालेर उपाधि जितेर एउटा उत्कृष्ट पुनरागमन गरेको लुम्बिनीले लगातार तीन खेलको पराजय पछि लगातार ६ खेलमा जित निकाल्दै उपाधि जित्यो।
सुदूरपश्चिमले लिग चरणमा ६ खेल जितेर शीर्ष स्थान पक्का गरेको थियो। अन्तिम खेलमा विराटनगरसँग पराजित भए पनि सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई पराजित गरेर फाइनलमा स्थान पक्का गरेको हो।
सुदूरपश्चिमले लिग चरणमा ६ खेल जितेर शीर्ष स्थान पक्का गरेको थियो। अन्तिम खेलमा विराटनगरसँग पराजित भए पनि सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई पराजित गरेर फाइनलमा स्थान बनाएको थियो।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो