नेकपा (एमाले)को महाधिवेशनमा निर्वाचनको परिणाम भोलि मात्रै आउने भएको छ।
निर्धारित समयमा मतदान नहुने भएपछि नतिजा केही ढिला गरी आउने भएको हो।
मंगलबार बिहान ११ बजेदेखि मतदान हुने भनिएपनि प्राविधिक तयारीका कारण मतदान ४ बजेपछि मात्रै हुने भएको छ।
यसअघि निर्वाचन कार्यक्रम संशोधन गर्दै मतदानको समय बिहान ११ बजेदेखि साँझ ६ बजेसम्मका लागि तय गरिएको थियो।
एमालेले आफ्नो महाधिवेशनमा रामलक्ष्मण इनोभेसन प्रालिले बनाएको विद्युतीय भोटिङ मेसिन् प्रयोग गर्दै आइरहेको छ।
यसपालि पनि सोही कम्पनीले बनाएको मेसिन प्रयोग गर्नेछ।
रामलक्ष्मण इनोभेसन प्रालिका प्राविधिक लक्ष्मण रिमालका अनुसार निर्वाचन आयोले उम्मेदवारको फाइनल लिस्ट राति १ बजे मात्रै दिएको थियो।
सोही अनुसार अहिले भोटिङ मेसिनमा उम्मेदवारको फोटो कोडिङ भइरहेको र सूचीकृत गर्न अपराह्न चार बजेसम्म लाग्ने उनले बताएका छन्।
त्यसैले एमालेले निर्धारण गरेको ११ बजेदेखि मतदान कार्यक्रम सुरू नहुने भएको हो।
अर्यालका अनुसार यसपालि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग हुनेछ।
मतदान गर्न एकजना मतदातालाई कम्तीमा ३५-४० मिनेट लाग्नेछ।
एमालेको यो महाधिवेशनमा भूगोल, गैरभूगोल, आयोजक, विभाग, निकाय र मनोनीत गरी कूल २ हजार २६२ प्रतिनिधि छन्।
यसअनुसार बुधबार मध्याह्नसम्म मतदान गर्न लाग्छ। अहिलेको हिसाबले नतिजा चाहिँ मध्याह्नपछि आउने एक नेताले बताए।
सम्बन्धित खबर
बालेननिकट नेतासँग कोशी प्रदेश सभापतिमा हारेपछि सरिनले छाडिन् रास्वपा
प्रधानमन्त्री बालेनको अपरिपक्व अभिव्यक्तिलाई परराष्ट्रमन्त्री खनालले संसदमा सच्याए
प्रधानमन्त्रीप्रति हर्कको कटाक्ष- सभामुखले बोलाउँदा आउनुहुन्न, बोकेर ल्याउने चलन छैन
बिवाईडीको कर प्रकरणमा एमालेको दाबी- ठोकेर भन्न सक्छौँ, घोटाला भएको छ
गृहमन्त्रीमा फर्किनेमा सुधन गुरुङ ढुक्क, भन्छन् – दुई महिना फोटो खिच्न कोही नआउनुहोला
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु