एमाले ११औं महाधिवेशन: निर्वाचनको नतिजा भोलि मात्रै आउने

राजनीति

एमाले ११औं महाधिवेशन: निर्वाचनको नतिजा भोलि मात्रै आउने

yemale-

नेकपा (एमाले)को महाधिवेशनमा निर्वाचनको परिणाम भोलि मात्रै आउने भएको छ।

निर्धारित समयमा मतदान नहुने भएपछि नतिजा केही ढिला गरी आउने भएको हो।

मंगलबार बिहान ११ बजेदेखि मतदान हुने भनिएपनि प्राविधिक तयारीका कारण मतदान ४ बजेपछि मात्रै हुने भएको छ।

यसअघि निर्वाचन कार्यक्रम संशोधन गर्दै मतदानको समय बिहान ११ बजेदेखि साँझ ६ बजेसम्मका लागि तय गरिएको थियो।

एमालेले आफ्नो महाधिवेशनमा रामलक्ष्मण इनोभेसन प्रालिले बनाएको विद्युतीय भोटिङ मेसिन् प्रयोग गर्दै आइरहेको छ।

यसपालि पनि सोही कम्पनीले बनाएको मेसिन प्रयोग गर्नेछ।

रामलक्ष्मण इनोभेसन प्रालिका प्राविधिक लक्ष्मण रिमालका अनुसार निर्वाचन आयोले उम्मेदवारको फाइनल लिस्ट राति १ बजे मात्रै दिएको थियो।

सोही अनुसार अहिले भोटिङ मेसिनमा उम्मेदवारको फोटो कोडिङ भइरहेको र सूचीकृत गर्न अपराह्न चार बजेसम्म लाग्ने उनले बताएका छन्।

त्यसैले एमालेले निर्धारण गरेको ११ बजेदेखि मतदान कार्यक्रम सुरू नहुने भएको हो।

अर्यालका अनुसार यसपालि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग हुनेछ।

मतदान गर्न एकजना मतदातालाई कम्तीमा ३५-४० मिनेट लाग्नेछ।

एमालेको यो महाधिवेशनमा भूगोल, गैरभूगोल, आयोजक, विभाग, निकाय र मनोनीत गरी कूल २ हजार २६२ प्रतिनिधि छन्।

यसअनुसार बुधबार मध्याह्नसम्म मतदान गर्न लाग्छ। अहिलेको हिसाबले नतिजा चाहिँ मध्याह्नपछि आउने एक नेताले बताए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ