पोखरा । कास्कीको साविक सार्दिखोला, माछापुच्छ्रे वडा नं. १, करुवामा एक अशक्त महिलामाथि सामूहिक बलात्कार भएको छ । मुख बोल्न नसक्ने ४३ वर्षकी महिलामाथि दुई जनाले सामूहिक बलात्कार गरेको श्रोतले बताएको छ ।
यस घटनालाई कास्की प्रहरीले पनि पुष्टि गरेको छ । महिलालाई सोमबार मेडिकल जाँचका लागि ल्याइएको छ । कास्की प्रहरी प्रवक्ता रविन्द्रमान गुरुङले घटना भएको र संलग्न दुवै जना पक्राउ गरिसकेको जानकारी दिए । ‘अशक्त महिलामाथि दुई जनाले सामूहिक बलात्कार गरेको जानकारी आएपछि हाम्रो टोलीले तत्काल एक जना र घटनापछि भागेका अर्का एक जनालाई अहिले पक्राउ गरिसक्यौं ।’ डिएसपी गुरुङले भने – ‘घटनाबारे थप जानकारी पछि सार्वजनिक गर्नेछौं ।’
भागेका एक जना आरोपीलाई पर्वतबाट पक्राउ गरेर ल्याइएको श्रोत बताउँछ । स्थानीय करुवा भन्ने स्थानमा आफन्तको मृत्यु भएपछि कुर्न गएकाहरुले मदिरा सेवन गरेपछि महिलालाई बलात्कार गरेको बताइएको छ ।
शुक्रवार राति एक बजेको समयमा घरमा कोही पनि नभएको मौकामा उनीमाथि बलात्कार भएको कास्की प्रहरीको भनाई छ । सार्दिखोलाको भराभरीबाट एक घण्टाको दुरीमा रहेको करुवामा मान्छे मरेको ठाउँमा कुर्न गएका दुई युवाले राती उनीमाथि बलात्कार गरेको बताईन्छ । शनिबार विहान भराभरीमा चोरी भएको सूचना पाएपछि सार्दिखोला प्रहरीचौकीबाट प्रहरी टोली गाउँ पुग्दा प्रहरीलाई देखेपछि स्थानीय महिलाहरुले घटनाबारे जानकारी गराएका थिए ।
कास्कीमा पनि हप्तै जसो बलात्कारका घटना भइरहेका छन् ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’