पोखरामा माघको दोस्रो सातादेखि टाईगर कप भलिबल प्रतियोगिता हुने भएको छ ।
टाईगर ग्रुप अफ नेपालको आयोजनामा पोखरामा माघ ९ गतेदेखि १७ गतेसम्म ‘टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसीप महिला तथा पुरुष भलिबल प्रतियोगिताको छैटौं संस्करण हुने मंगलबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । प्रतियोगिताको तयारी शुरु भएको टाइगर ग्रुपले जनाएको छ ।
प्रतियोगितामा महिला तथा पुरुष दुबैतर्फ ७÷७ टिम प्रतिष्पर्धामा उत्रिने टाइगर ग्रुप अफ नेपालका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिए । पोखरा रंगशालास्थित भलिबल टेक्निकल सेन्टरमा हुने प्रतियोगितामा महिलातर्फ तीन विभागीय टिमहरु नेपाल प्रहरीको नेपाल पुलिस क्लब, नेपाली सेनाको त्रिभूवन आर्मी क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लब तथा टिपटप न्यू डायमण्ड युथ स्पोर्टस क्लब र एभरेष्ट भलिबल क्लब रुपन्देही प्रतिष्पर्धामा उत्रिने उनले बताए । उनका अनुसार महिलातर्फ दुई विदेशी टिम पनि सहभागी हुनेछन् । प्रतियोगितामा थाईल्याण्डका युनाइटेड प्यासन भलिबल क्लब र थाइल्याण्ड क्विन्सले सहभागिता जनाउने उनले जानकारी दिए ।
त्यस्तै, पुरुषतर्फ मालदिभ्स र भारतको दुईसहित ७ टिमले प्रतिष्पर्धा गर्ने जनाइएको छ । प्रतियोगितामा पुरुषतर्फ ३ विभागीय टिमहरु नेपाल प्रहरीको नेपाल पुलिस क्लब, नेपाली सेनाको त्रिभूवन आर्मी क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लब तथा गण्डकी प्रदेश भलिबल संघ र पर्वत जिल्ला भलिबल संघ सहभागी हुने अध्यक्ष शर्माले जानकारी दिए । उनका अनुसार पुरुषतर्फ भारतको गुजराज राज्यको गुजरात भलिबल क्लव र मालदिभ्स भलिबल एशोसियसनले सहभागिता जनाउनेछन् ।
प्रतियोगिताको पुरुष तथा महिला दुबैतर्फको उपाधि बिजेता टिमले जनहि नगद ६ लाख ६६ हजार ६६६, उप–बिजेताले नगद ३ लाख ६६ हजार ६६६ तथा तेस्रो हुने टिमले १ लाख ६६ हजार ६६६ सहित, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरी महिला तथा पुरुषतर्फ दुबैतर्फ सर्वोत्कृष्ट खेलाडीले जनहि नगद २६ हजार ६६६ तथा अन्य महिला तथा पुरुष दुबैतर्फ विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीलाई समान नगद ११ हजार ६६६ सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने संयोजक राजकुमार गुरुङले जानकारी दिए ।
प्रतियोगिता सम्पन्न गर्न १ करोड ८० लाख खर्च लाग्ने अनुमान गरिएको कार्यक्रम संयोजक गुरूङले जानकारी दिए ।
प्रतियोगिता अवलोकनका दर्शकले टिकट काट्नुपर्ने सचिव डिबी नेपालीले बताए । उनका अनुसार यस वर्ष सिजनल टिकटको ३ हजार ५ सय रुपैयाँ कायम गरिएको छ ।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो