पोखरा । जापान लैजाने भन्दै अन्तरवार्ता लिईरहेका दुई जनालाई पोखराको पृथ्वीचोकबाट पक्राउ गरिएको छ । ठगी गर्न लागेको सूचना पाएपछि कास्की प्रहरीको टोलिले उनीहरुलाई पक्राउ गरेको हो ।
दर्ता नै नभएको ‘एभेन्चर ह्युमन रिसोर्स’ नामक संस्थाबाट जापान पठाउने भन्दै अन्तरवार्ता लिँदै गरेका स्याङजा आँधीखोलाका ५१ बर्षिय भगवान खड्का र कास्की रुपा गाउँपालिकाका निरज खनाल पक्राउ परेका हुन् ।
उनीहरुले ६३ जनालाई जापान पठाउने भनेर अन्तरबार्ता लिएका थिए । पहिले विद्यार्थी भिसाबाट फालिएकाहरु वर्किङ भिसामा जानका लागि सम्पर्कमा आएका थिए । अन्र्तबार्ता गर्नु पुर्व चाहिने पुर्व स्विकृति तथा बैदेशिक रोजगार विभागबाट लिनुपर्ने स्विकृति पत्र पनि नभएको बताइएको छ । जापानका लागि वर्किङ्ग भिसा भनिए पनि डिमाण्ड लेटर विना नै उनीहरुले अन्र्तवार्ताका लागि बोलाएका थिए ।
आकर्षक तलबको प्रलोभनमा परी उनीहरु सो संस्थामा पुगेका थिए । जाापान लैजाने भन्दै भाषा तथा पासपोर्ट बनाइ फाइनल अन्र्तबार्ताका लागि उनीहरुलाई बोलाइएको थियो ।
एकमहिना अघि संस्था दर्ता नभएको भन्दै जिल्ला प्रशासन र श्रम कार्यालय सहितको अनुगमन टोलिले मेनपावर कार्यालयमा तालाबन्दी गरेको थियो । तर केही दिनपछि ताला खोलेर पहिले झैं गरि काम गरिरहेका थिए । बैदेशिक रोजगार बिभागमा पोखराका लागि बैदेशिक रोजगारका २ वटा शाखा र २५ वटा प्रतिनिधी कार्यलय मात्रै दर्ता रहेको छ ।
मुख्य मान्छे बाहिर भएकोले झिकाउन निर्देशन दिएको कास्की प्रहरीले जनाएको छ । अनुसन्धान चलिरहेकोले बैदेशिक रोजगारी, किर्ते वा ठगी मुद्धामा कारबाही अघि बढ्ने बताईएको छ । ‘मुख्य मान्छे पोखरा छैन । उनीहरुको बयान अनुसार मुख्य ब्यक्तिलाई झिकाएका छौं, कास्की प्रहरी प्रबक्ता रवीन्द्रमान गुरुङले भने–अनुसन्धान पछि मात्रै कारबाहीको बारेमा बोल्न मिल्छ ।’
सबैजनाले जापानी भाषा सिकिसकेका छन् । उनीहरु ५ दिनदेखि पोखरा बसेको बताउँछन् । ‘५ दिनदेखि कहिले अन्तरवार्ता कहिले के भनेर झुलाईरहे । खाँदा बस्दा २०-२५ हजार खर्च भैसक्यो, उनीहरु भन्छन्–अहिले यता न उता भैयो ।’ पीडितहरुका अनुसार मेनपावरवालाले पैसा चाहीँ उठाएका छैनन् ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’