काठमाडौं । सरकारले लिएको मितव्ययिताको नीतिको धज्जी उडाउँदै बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्र बानिया हेलिकोप्टर चढेर वनभोज खान गएका छन् । कांग्रेसका जिल्ला सभापति रामचन्द्र यादवले आयोजना गरेको वनभोजमा उनी हेलिकोप्टरमा पुग्दा स्थानीयलाई रमिता भयो ।
अंग्रेजी नयाँ वर्षका अवसरमा सिरहा जिल्लाको धनगढीमाई नगरपालिका वडा १४ सर्रे अम्बासमा उक्त वनभोज आयोजना गरिएको थियो । अर्कै प्रदेशका मुख्यमन्त्री बानियाँ दिउसो करिब ३ बजे वनभोजस्थलमा पुगेका हुन् । स्थानीय अर्जुन थपलिया आफ्नो फेसबुकमा यसको भिडिओ पोस्ट गरेका छन् ।
थपलियाका अनुसार मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादव पनि पिकनिकमा सहभागी भए । यादव आफ्नो कारगेटसहित गएको थपलियाको भनाइ छ । मुख्यमन्त्री आउने भनिएपछि करिब दुई दर्जन सुरक्षाकर्मी वनभोजस्थलमा खटिएको उनले बताएका छन् ।
मुख्यमन्त्रीको हेलिकोप्टर आउँदा पिकनिकमा सहभागी भएका स्थानीयवासीहरु रमाएका थिए । हेलिकोप्टर हेर्नलाई तँछाडमछाड भएको थियो ।
थपलियाले भने, ‘यहाँका जनताले यति नजिकैबाट हेलिकोप्टर देख्न पाएका थिएनन् । यही नै एउटा उपलब्धि भयो ।’ हेलिकोप्टर कसको खर्चमा ल्याइएको हो भन्ने खुलेको छैन ।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रोनाल्डो हात्तीको मृत्यु, ३८ छावाको बाबु थिए रोनाल्डो
माथिल्लो त्रिशूली-१ आयोजनाको टनेलबाट ६ शव निकालियो
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
रसुवा बाढीमा हालसम्म १ हजार ४१० को शव फेला, ६ हजार बढी वेपत्ता
कृष्णभीरमा पहिरो हटाएर खुल्यो नयाँ ट्रयाक, असोज १ देखि दुईतर्फी खुल्ने
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा