पोखरा । नेपाली कांग्रेसका पूर्वमन्त्री कुमार खड्का, एमाले गण्डकीका नेता पुष्प अधिकारी र कांग्रेस महाधिवेशन प्रतिनिधि मिलन थापा राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका छन् ।
उनीहरूलाई रास्वपा उपसभापति स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झा, नेता समीक्षा बास्कोटा लगायतले पार्टीमा स्वागत गरे ।
खड्का अखण्ड नेपाल पार्टीबाट संघीय महिला बालबालिका मन्त्री र काँग्रेसमा समाहित भएपछि गण्डकीका समानुपातिक सांसद बन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसमेत भइसकेका हुन् । उनलाई कांग्रेसले अन्तरघात गरेको आरोपमा निष्कासन गरेपछि आज रास्वपा प्रवेश गरेका हुन् । खड्का केहि समयअघि नेपाली कांग्रेसको अनुशासन कारबाहीमा परेका थिए । २०७९ को निर्वाचनमा हालका प्रदेश मन्त्री विन्दुकुमार थापासँग हराउन लागेको भन्दै खड्का कारबाहीमा परेका थिए ।
रास्वपा छिरेका कुमार खड्का पद र अवसरका लागि बारम्बार पार्टी फेरिरहने चतुर नेताका रूपमा परिचित छन् । क्षेत्रीहरूको आन्दोलनको जगमा गठन भएको अखण्ड नेपाल पार्टीबाट १ जनामात्र समानुपातिक सांसद बनेर संघीय संसद छिरेका खड्का २०७४ को चुनावअघि कांग्रेसमा विलय हुँदै गण्डकीमा समानुपातिक सांसद हुँदै मन्त्री बनेका थिए ।
खड्का कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारमा शक्तिशाली भौतिक पूर्वाधार मन्त्री बनेका थिए । मन्त्री हुँदा विभिन्न योजना र बजेट विनियोजनमा विवादमा परिरहने खड्का पछिल्लो समय कांग्रेसमा अवसर नपाएपछि नयाँ शक्तिको ओत लाग्न रास्वपा पुगेका हुन् ।
रास्वपा प्रवेश गरेका अधिकारी रुपाकोट रिसोर्टका सञ्चालक पनि हुन् । एमालेबाट अघिल्लो पटक पोखरा महानगरमा मेयरको आकांक्षी थिए । अधिकारी अघिल्लो पटक एमालेको गण्डकी प्रदेश कमिटी सदस्यसमेत थिए । अधिकारी एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ पक्षधर मानिन्थे ।
रास्वपा प्रवेश गर्न लागेकी कांग्रेस महाधिवेशन प्रतिनिधि थापा अहिले गण्डकीका सामाजिक विकास मन्त्री रहेका विन्दुकुमारकै भाइबुहारी हुन् ।
विन्दुकुमारका भाइ अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)का पूर्वअध्यक्ष ध्रुव थापाकी पत्नी कांग्रेसकै पारिवारिक विरासत त्यागेर रास्वपा प्रवेश गरेकी छन् । जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते मन्त्री थापाको निवास, व्यापारिक प्रतिष्ठान, बगैंचा रिसोर्टसहित धुर्वको घर तथा व्यावसायिक प्रतिष्ठानमा पनि तोडफोड र आगजनी भएको थियो ।
मन्त्री परिवार भएकै कारण आफूहरूको व्यवसाय तथा घरमा आगलागी भएको उनीहरूको भनाइ थियो भने उनीहरूकै घरमा काम गर्ने एक जना महिलाको आगलागीमा जलेर मृत्युसमेत भएको थियो । बिन्दु थापाको भवनमा अर्की युवतीको ज्यान गएको थियो ।
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए