गण्डकीमा एमालेबाट टुङ्गिए उम्मेदवार, १८ क्षेत्रमा को-को ?

राजनीति

गण्डकीमा एमालेबाट टुङ्गिए उम्मेदवार, १८ क्षेत्रमा को-को ?

uml-gandaki-ummedwar

पोखरा । नेकपा एमालेले गण्डकीका १८ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ ।

एमालेले प्रदेश राजधानी कास्कीको क्षेत्र नम्बर १ मा जिल्ला अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीलाई उम्मेदवार बनाएको छ । उनी एमाले कास्कीका अध्यक्ष हुन् ।

क्षेत्र नम्बर २ मा कृष्ण थापा र क्षेत्र नम्बर ३ मा दामोदर बैरागीलाई टिकट दिएको छ । थापा मेयरमा पराजित भएका थिए भने बैरागी यसअघि ०७९ सालमा क्षेत्र नं. ३ बाट विजयी भएका थिए ।

यसअघि तीनवटै क्षेत्रमा युवालाई उम्मेदवार बनाउने चर्चा थियो । १ बाट दिलिप न्यौपाने, २ बाट रश्मि आचार्य र ३ बाट माधव बास्तोलाको नाम चर्चामा भएपनि अन्तिम समयमा टिकट उलटफेर भएको एमाले नेताहरू बताउँछन् ।

यस्तै, नवलपुर १ मा भगीरथ सापकोटा र २ मा तिलबहादुर महत उम्मेदवार बनेका छन् । गोरखाबाट १ मा आरसी लामिछाने र २ बाट मिलन गुरुङ उर्फ चक्रे मिलनले टिकट पाएका छन् । लमजुङबाट पृथ्वी सुब्बा गुरुङको नाम टुङ्गिएको छ ।

लमजुङका उम्मेदवार पिएस नवौं पटक उम्मेदवार बन्ने पक्का हुँदा पर्वतका पदम गिरी ह्याट्रिक गर्ने दाउमा छन् ।

तनहुँ १ मा भगवती न्यौपाने र २ मा केदार सिग्देल उम्मेदवार भएका छन् । स्याङ्जा १ मा मिनप्रसाद गुरुङ र २ मा खिमबहादुर थापा उम्मेदवार बनेका छन् । म्याग्दीबाट हरिकृष्ण श्रेष्ठ चुनावी उम्मेदवार बनेका छन् । बागलुङ १ बाट हिरा केसी र २ बाट मन्जु शर्मा चालिसे उम्मेदवार बनिन् । मुस्ताङबाट इन्द्रधारा बिष्ट, मनाङबाट पोल्देन छोपाङ गुरुङ र पर्वतबाट पदम गिरीको नाम टुङ्गिएको छ ।

एमालेले तय गरेका उम्मेदवारमा पालिका अध्यक्षदेखि गुण्डा नाइकेसम्म छन् । स्याङ्जा २ बाट उम्मेदवार बनेका खिमबहादुर थापा कालिगण्डकी गाउँपालिका अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासंघका केन्द्रीय महासचिव हुन् । गोरखा २ बाट उम्मेदवार बनेका चक्रे मिलन गुण्डा नाइके हुन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ