पोखरा । नेकपा एमालेले गण्डकीका १८ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ ।
एमालेले प्रदेश राजधानी कास्कीको क्षेत्र नम्बर १ मा जिल्ला अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीलाई उम्मेदवार बनाएको छ । उनी एमाले कास्कीका अध्यक्ष हुन् ।
क्षेत्र नम्बर २ मा कृष्ण थापा र क्षेत्र नम्बर ३ मा दामोदर बैरागीलाई टिकट दिएको छ । थापा मेयरमा पराजित भएका थिए भने बैरागी यसअघि ०७९ सालमा क्षेत्र नं. ३ बाट विजयी भएका थिए ।
यसअघि तीनवटै क्षेत्रमा युवालाई उम्मेदवार बनाउने चर्चा थियो । १ बाट दिलिप न्यौपाने, २ बाट रश्मि आचार्य र ३ बाट माधव बास्तोलाको नाम चर्चामा भएपनि अन्तिम समयमा टिकट उलटफेर भएको एमाले नेताहरू बताउँछन् ।
यस्तै, नवलपुर १ मा भगीरथ सापकोटा र २ मा तिलबहादुर महत उम्मेदवार बनेका छन् । गोरखाबाट १ मा आरसी लामिछाने र २ बाट मिलन गुरुङ उर्फ चक्रे मिलनले टिकट पाएका छन् । लमजुङबाट पृथ्वी सुब्बा गुरुङको नाम टुङ्गिएको छ ।
लमजुङका उम्मेदवार पिएस नवौं पटक उम्मेदवार बन्ने पक्का हुँदा पर्वतका पदम गिरी ह्याट्रिक गर्ने दाउमा छन् ।
तनहुँ १ मा भगवती न्यौपाने र २ मा केदार सिग्देल उम्मेदवार भएका छन् । स्याङ्जा १ मा मिनप्रसाद गुरुङ र २ मा खिमबहादुर थापा उम्मेदवार बनेका छन् । म्याग्दीबाट हरिकृष्ण श्रेष्ठ चुनावी उम्मेदवार बनेका छन् । बागलुङ १ बाट हिरा केसी र २ बाट मन्जु शर्मा चालिसे उम्मेदवार बनिन् । मुस्ताङबाट इन्द्रधारा बिष्ट, मनाङबाट पोल्देन छोपाङ गुरुङ र पर्वतबाट पदम गिरीको नाम टुङ्गिएको छ ।
एमालेले तय गरेका उम्मेदवारमा पालिका अध्यक्षदेखि गुण्डा नाइकेसम्म छन् । स्याङ्जा २ बाट उम्मेदवार बनेका खिमबहादुर थापा कालिगण्डकी गाउँपालिका अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासंघका केन्द्रीय महासचिव हुन् । गोरखा २ बाट उम्मेदवार बनेका चक्रे मिलन गुण्डा नाइके हुन् ।
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए