पोखरा । छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप आजदेखि सुरु हुँदैछ ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुने च्याम्पियनसिपको तयारी पूरा भएको छ । च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोलीले सहभागिता जनाएका छन् ।
टाइगर ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्माले पुरुषतर्फ माल्दिभ्सको माल्दिभ्स भलिबल एशोसियसन र महिलातर्फ थाइल्याण्ड क्वीन्स विदेशी टोलीको रुपमा सहभागी जनाएको जानकारी दिए ।
पुरुषतर्फ नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल एपीएफ, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश र पर्वत जिल्ला भलिबल संघ छन् । महिलातर्फ तीन विभागीयसहित न्यू डायमण्ड युथ स्पोट्र्सले सहभागिता जनाएको आयोजकले जनाएको छ ।
च्याम्पियनसिपको पहिलो खेल भोलि बिहान ९ बजे महिलातर्फ न्यू डायमण्ड र त्रिभुवन आर्मी क्लबबिच हुँदैछ । दोस्रो खेल पुरुषतर्फको आर्मी र माल्दिभ्स भलिबलबिच हुने तालिका छ । उद्घाटन खेल गण्डकी प्रदेश र एपीएफबिच हुने आयोजकले जनाएको छ ।
च्याम्पियनसिपमा पुरुष र महिला दुवैतर्फ विजेता हुने टोलीले ६ लाख ६६ हजार ६६६ रुपैयाँ र उपविजेता हुने टोलीले ३ लाख ६६ हजार ६६६ रुपैयाँ पाउनेछन् । तेस्रो हुने टोलीलाई एक लाख ६६ हजार ६६६ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
सर्वोत्कृष्ट हुने खेलाडीले २६ हजार ६६६ र विधागततर्फ उत्कृष्ट हुने खेलाडीले ११ हजार ६६६ रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता आयोजना गर्दा करिब एक करोड ८० लाख खर्च लाग्ने अध्यक्ष शर्माले जानकारी दिए । खेल हेर्नका लागि पहिलोपटक सिजनल टिकटको व्यवस्था गरिएको छ । ३ हजार ५ सय रुपैयाँमा दर्शकले प्रतियोगिताका सबै खेल हेर्न पाउनेछन् ।
सम्बन्धित खबर
काठमाडौँ– २ र ९ लाई प्राथमिकतामा राख्दै आशिकाले गरिन् स्वतन्त्र उम्मेदवारी घोषणा
हृदयेन्द्रलाई प्रधानमन्त्रीको सुझाव : कला क्षेत्रमा लागे राम्रै हुन्छ, राजा हुने सपना देखे जिन्दगी जाला
सीएम स्वीमिङ पुल अब नयाँ व्यवस्थापनमा, स्तरोन्नतिसँगै बन्यो ‘पोखरा सेन्ट्रल ओयसिस’
पोखरामा सर्वाधिक पुरस्कार राशिको सेभेन ए साइड फुटबल हुँदै
प्रधानमन्त्री ओली पोखरामा भोलि
अब विकट छैन बागलुङकाे ‘बोबाङ गाउँ’
यो पनि पढौँ
संघीयताको कुहिरोमा हराएको स्थानीय सेवा
यी हुन् एमालेका उम्मेदवार : देशभर को- कहाँ ? (सूचीसहित)
गण्डकीमा एमालेबाट टुङ्गिए उम्मेदवार, १८ क्षेत्रमा को-को ?
कांग्रेसको नेतृत्वमा गगन पुगेपछि दुई ठूला कम्युनिस्ट पार्टी संवादमा, चुनावका विषयमा कुराकानी