पोखरा । छैटौँ टाइगर कप २०२६ को पुरुषतर्फको उपाधि घरेलु टोली गण्डकी प्रदेशले जितेको छ ।
शनिबार दिउँसो भएको फाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-१ को सेटमा हराउँदै गण्डकीले तेस्रोपटक उपाधि जितेको हो । यससँगै गण्डकीले गत संस्करणको फाइनलमा भोगेको हारको बदला लिएको छ ।
पोखरा रंगशालामा भएको रोमाञ्चक फाइनल खेलमा पहिलो सेट गुमाएपनि गण्डकीले उत्कृष्ट पुनरागमन गर्दै उपाधि जितेको हो । पहिलो सेट २५-२३ ले पुलिसलाई सुम्पिएको गण्डकीले दोस्रो सेट २८-२६ ले जितेको थियो । यस्तै तेस्रो सेट २५-२२ र चौथो सेट २५-१७ ले जित्दै गण्डकीले उपाधि जितेको हो ।

यसअघि गण्डकीले पहिलो र तेस्रो संस्करणको उपाधि जितेको थियो । आजै तेस्रो स्थानको लागि भएको खेलमा पर्वत भलिबल संघले त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा हराएको हो ।
यस्तै शुक्रबार भएको महिलातर्फको फाइनल खेलमा नेपाल पुलिस क्लबलाईनै ३-० को सोझो सेटमा हराउँदै टिपटप न्यू डायमण्ड स्पोर्ट्स क्लबलेले उपाधि जितेको थियो ।
च्याम्पियन दुवै टोलीले समान ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गरे भने उपविजेतामा सिमित पुलिसले समान ३ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ पायो । महिलातर्फ थाइल्यान्ड क्विन्स तेस्रो भएको छ ।
सम्बन्धित खबर
टाइगर कपको उपाधि गण्डकी प्रदेशलाई, पुलिस विरूद्ध बदला
आर्मीलाई हराउँदै पर्वत भलिबल टाइगर कपमा तेस्रो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: गल्याङ र वालिङ फाइनलमा
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: सेमिफाइनल समीकरण पूरा, अन्तिम चार टिम तय
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो