आइसीसी टी-२० विश्वकप २०२६ को पहिलो खेलमा नेपाल इङ्ल्यान्डसँग ४ रनले पराजित भएको छ। मुम्बईको वाङ्खेडे स्टेडियममा भएको खेलमा अन्तिम ओभरमा १० रन चाहिँदा नेपालले ५ रनमात्रै जोड्न सक्यो।
इङ्ल्यान्डले दिएको १८५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन बनाएको हो। नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४४ रन बनाए। उनले २९ बलमा ६ चौका र १ छक्का प्रहार गरे। उनले कप्तान रोहित पौडेलसँग ८२ रनको साझेदारी गरेका थिए।
ओपनर कुशल भुर्तेल २९ रनमा कट एण्ड बोल्ड भएका थिए। उनलाई विल ज्याक्सले कट एण्ड बोल्ड गराएका थिए। नेपालले पावरप्लेमा २ ओपनर गुमाउँदै ४७ रन बनाएको थियो। १० ओभरमा नेपालले २ विकेटको क्षतिमा ८५ रन बनाएको थियो। यति बेलासम्म नेपाल इङ्ल्यान्डभन्दा अगाडि रहेको थियो। बीचमा रोहित र दिपेन्द्रले क्रिज सम्हाल्दा एक समय १२४ मा तेस्रो विकेट गुमाएको नेपालले खेल जित्छ भन्नेसम्म पुगेको थियो।
१८औं ओभरमा लोकेश बमले हानेको २ छक्काले खेल नेपालको पक्षमा पुर्याएको थियो। लोकेश बम ३९ र करण केसी १ रनमा अविजित रहे। इङ्ल्यान्डका लागि लियम डाउसनले सर्वाधिक २ विकेट लिए। लुक वसड, जोफ्रा आर्चर, विल ज्याक्स र साम करनले १-१ विकेट लिए।
त्यसअघि टस जितेर ब्याटिङ गरेको इङ्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रन बनाएको हो। इङ्ल्यान्डका लागि ज्याकोब बेथेलले सर्वाधिक ५५ रन बनाए । उनले ३५ बलमा समान ४चौका र ४ छक्का प्रहार गरे। उनले कप्तान ह्यारी ब्रुकसँग ७१ रनको साझेदारी गरेका थिए।
पावरप्ले सकिँदा इङ्ल्यान्डले २ विकेटको क्षतिमा ५७ रन बनाएको थियो। नेपालका लागि पहिलो विकेट शेर मल्लले लिएका थिए। उनले दोस्रो ओभरको पहिलो बलमा नेपालका लागि पहिलो विकेट लिएका हुन्। उनले ओपनर फिल साल्टलाई क्याच आउट गराएका थिए। नेपालको लागि ५३औं खेलाडीको रूपमा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका उनले पहिलो बलमा नै विकेट लिएका हुन्।
दोस्रो विकेट मध्यम गतिका बलर नन्दन यादवले लिए। उनले अर्का ओपनर जोस बट्लरलाई २६ रनमा विकेटकिपर आसिफ शेखको हातमा क्याच गराएका थिए। पावरप्ले सकिँदा इङ्ल्यान्डले दुवै ओपनरको विकेट गुमाएको थियो।
१० ओभरको खेल सकिँदा इङ्ल्यान्डले ३ विकेटको क्षतीमा ८४ रन बनाएको थियो। ११.२ ओभरमा ३ विकेटको क्षतीमा इङ्ल्यान्डले १०० रन पूरा गरेको हो। अर्धशतकभन्दा लामो ज्याकोब बेथ र ह्यारी ब्रुकको साझेदारी दिपेन्द्र सिंह ऐरीले तोडेका हुन्। १३.४ ओभरमा दिपेन्द्रले ज्याकोब बेथलाई ५५ रनमा लोकेश बमको हातमा क्याच गराए।
पाँचौं विकेटको रुपमा इङ्ल्यान्डले साम करन २ रनमा बोल्ड भए। उनलाई दिपेन्द्र सिंह ऐरीले बोल्ड गरे। छैटौं विकेट कप्तान ह्यारी ब्रुकको गयो। उनले ३२ बलमा ४ चौका र ३ छक्कासहित ५३ रन बनाउँदै नन्दन यादवको बलमा शेर मल्लको हातमा क्याच भए। जोफ्रा आर्चर १ रनमा रनआउट भए। विल ज्याक्स र लियम डाउसन क्रमशः ३९ र शुन्यमा अविजित रहे।
नेपालको लागि दिपेन्द्र सिंह ऐरी र नन्दन यादवले २-२ विकेट लिए। शेर मल्ल र सन्दीप लामछानेले १-१ विकेट लिए। नेपालले समूह चरणको दोस्रो खेल फेब्रुअरी १२ मा इटालीसँग यही मैदानमा खेल्नेछ।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो