धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी

दुर्घटना

धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी

तनहुँका ५, कास्कीका ४ र स्याङ्जाका २ जनाले ज्यान गुमाए, छानबिन गर्न सरकारले बनायो कार्यदल

dhading bus acc (5)

धादिङको बेनीघाट–रोराङ गाउँपालिका-५ भैंसीगौडामा बस दुर्घटनामा परेर मृत्यु भएका १९ जनाको पहिचान खुलेको छ।

जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डीएसपी प्रकाश दाहालका अनुसार १९ जना मृतकको पहिचान खुलिसकेको छ।

गएराति साढे १ बजेतिर पोखराबाट काठमाडौं जाँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भएर करिब २०० मिटर तल त्रिशूली किनारमा खसेको थियो। दुर्घटनामा अन्य २५ जना घाइते भएका छन्।

मृतकमध्ये तीन जना विदेशी नागरिक रहेका छन्। बेलायत, चीन र भारतका नागरिक परेका हुन् । बेलायतका २४ वर्षीय स्टीवर्ट डोमिनिक इथान, ३४ वर्षीय चिनियाँ नागरिक जियाङ चोनुम र ३० वर्षीय भारतीय नागरिक मनिष शुक्ला रहेका छन्।

गण्डकीका तनहुँका ५, कास्कीका ४ र स्याङ्जाका २ जनाले ज्यान गुमाएका छन् । बस धनी तनहुँकाओमकुमार मल्ल र चालक पोखरा–१९ का २६ वर्षीय सुजित नेपालीले पनि ज्यान गुमाएका हुन् ।

मृतकको विवरण : 

१ -स्टीवर्ट डोमिनिक इथान, २४, पुरुष (बेलायती नागरिक)
२- विवेक बास्तोला, ४०, पुरुष, कास्की, पोखरा महानगरपालिका–३०
३  -चन्द्रबहादुर कुँवर, ६३, पुरुष, स्याङ्जा, वालिङ–१४, हाल काठमाडौँ, नागार्जुन–६
४- ओमकुमार मल्ल, ४०, पुरुष, तनहुँ, व्यास गाउँपालिका–४
५ – इन्जिनियर ठकुरी, ३०, पुरुष, धादिङ, साबिक स्यानकोट–८, हाल त्रिपुरा सुन्दरी गाउँपालिका–४
६ – विष्णुमाया ढकाल, ५५, महिला, तनहुँ, शुक्लागण्डकी गाउँपालिका–७, मालेबगर
६ – लोपसाङ गोले, ४२, पुरुष, काठमाडौँ, बौद्ध–टुसाल
८ – हरिप्रसाद सिग्देल, ४५ वर्षीय पुरुष, तनहुँ, भिमाद नगरपालिका–६
९ – नवींद्र श्रेष्ठ, ५५, पुरुष, पाल्पा, तानसेन नगरपालिका–२
१० – रुद्र प्रसाद ढकाल, ६३, पुरुष, तनहुँ, शुक्लागण्डकी गाउँपालिका–७
११ – अर्चना पौडेल, २०, महिला, तनहुँ, शुक्लागण्डकी गाउँपालिका–२
१२ – अंजलि क्षेत्री , २१, महिला , कास्की, पोखरा–१४
१३ – रोहित नेपाली, २१, पुरुष, कास्की, माछापुच्छ्रे गाउँपालिका–३
१४ -धन्श्याम सुवेदी, ४५, पुरुष,  स्याङ्जा, पुतलिबजार नगरपालिका–६
१५ – अनिशा महर्जन, ३३, महिला, काठमाडौँ, बुद्धनगर –३२
१६- हीरा चौधरी, २७, महिला, मोरङ, उर्लाबारी –१
१७- सुजित नेपाली, २६, पुरुष, कास्की, पोखरा–१९
१८ – मनीष शुक्ला, ३२, पुरुष, भारत, उ.प्र., बसहरी–बहराइच
१९ – जियाङ चोनुम-, ४०, महिला, चीन

छानबिन गर्न सरकारले बनायो कार्यदल

यात्रुवाहक बसको दुर्घटनाबारे छानबिन गर्न सरकारले कार्यदल गठन गरेको छ।

मंगलबार गृह मन्त्रालयले दुर्घटना छानबिनका लागि सहसचिवको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको गृह प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए।

गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा गृहसचिव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुखहरू, यातायात विभागका महानिर्देशक, सडक विभागका महानिर्देशक तथा यातायात व्यवसायी र मजदुर सङ्घलगायत मन्त्रालयका पदाधिकारीहरूको उपस्थितिमा बसेको बैठकले उक्त निर्णय गरेको हो।

कार्यदललाई बस दुर्घटनाको सम्बन्धमा छानबिन गरी प्रतिवेदन पेस गर्न भनिएको छ। उनका अनुसार उक्त दुर्घटनामा बसमा सवार ४४ जना यात्रुमध्ये १९ जनाको मृत्यु तथा २५ जना घाइते भएका छन्।

घटनाको जानकारी प्राप्त हुनासाथ नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाललगायत स्थानीय बासिन्दाको समन्वयमा घटनास्थलमा उद्धारकार्य तदारुकताका साथ अगाडि बढाइएको मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ