पाल्पा । कस्टमर ग्रुप नेपाल प्रालिले सामाजिक उत्तरदायित्व अन्तर्गत पाल्पाको एक विद्यालयलाई सहयोग प्रदान गरेको छ ।
पाल्पाको तानसेन नगरपालिका वडा नं. १४, अर्गलीस्थित श्री सिद्धेश्वर आधारभूत विद्यालयको ५९औं वार्षिकोत्सव तथा १६औं पुस्तकालय दिवसको अवसर पारी कस्टमर ग्रुप नेपाल प्रालिले २ लाख ५० हजार रुपैंया बराबरको फर्निचर सहयोग प्रदान गरेको हो ।
कस्टमर ग्रुपका प्रबन्ध निर्देशक सुवास बहादुर बोहोराले विद्यालयको बैठक कक्ष, कम्प्युटर ल्याबका लागि आवश्यक टेबलहरू र विज्ञान प्रयोगशालाका लागि विशेष टेबलहरू निर्माण गरी हस्तान्तरण गरेका हुन् ।

विद्यालयको शैक्षिक वातावरणलाई आधुनिक बनाउन र विद्यार्थीहरूलाई प्रविधिमैत्री शिक्षा प्रदान गर्न यो फर्निचर सहयोगले ठूलो मद्दत पुग्ने विद्यालयका प्रधानाध्यापक यमराज पाण्डेले बताए । उनले सहयोगका लागि कस्टमर ग्रुप नेपाल र सिईओ बोहोराप्रति आभार व्यक्त गरे ।
जापानमा रोजगारीमा आधारित व्यवसायिक नेटवर्क भएको कस्टमर ग्रुप नेपालले विद्यालयको शैक्षिक तथा भौतिक सुधारका लागि ठूलो सहयोग हस्तान्तरण गरेकोमा विद्यालय परिवारसँगै विद्यार्थी तथा अभिभावक खुशी देखिएका छन् ।
विद्यालयमा आयोजित कार्यक्रममा विद्यालय परिवारका तर्फबाट कस्टमर ग्रुप नेपाल र सिईअहो बोहोरालाई विद्यालय प्रति देखाइएको सकारात्मक सहयोग र सामाजिक उत्तरदायित्वको कदर गर्दै ’सम्मान पत्र’ द्वारा विशेष सम्मान गरिएको थियो। समारोहमा प्रमुख अतिथि, वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूले उक्त सम्मान पत्र हस्तान्तरण गरेका थिए ।
दुर्गम क्षेत्रका विद्यालयहरूको शैक्षिक गुणस्तर सुधार्न निजी क्षेत्रको तर्फबाट भएको यो उदाहरणीय सहयोगले स्थानीय समुदाय र अभिभावकहरूमा उत्साह थपिदिएको छ ।

सम्बन्धित खबर
इभी गाडीले नयाँ वृद्धि भएको भाडा लिन नपाउने
सरकारी कर्मचारीलाई अब १५/१५ दिनमा तलब
भाडा नतिरेपछि रिपोटर्स क्लवसहित भृकुटीमण्डपका २० कार्यालयमा परिषद्ले लगायो ताला
विराटनगरमा अन्तर्राष्ट्रिय स्तरको सलाइन उत्पादन सुरु, एलेक्सा लाइफ साइन्सेजकाे आयात प्रतिस्थापन गर्ने लक्ष्य
बालेन र रविलाई गाली गरी भिडिओ बनाउँदा पक्राउ परेका युट्युबरले ओलीविरुद्ध पनि बनाउँथे
कलाकार सागर लम्साल ‘बले’माथि बलात्कार आरोप
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?