गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य भएको छ ।
नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेश सभाको चालु अधिवेशन आइतबार राति १२ बजेदेखि लागु हुनेगरी अन्त्य गरेका हुन् ।
गण्डकी प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै प्रदेश प्रमुखले मन्त्रिपरिषद्को सिफारिसमा अधिवेशन अन्त्य गरेको जानकारी दिएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले अधिवेशन आह्वान र अन्त्य गर्ने संवैधानिक प्रावधान छ ।
गण्डकी प्रदेश सभाको आठौं अधिवेशन यही चैत ८ गते सुरु भएको थियो । गण्डकी प्रदेशमा जनस्वास्थ्य सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र गण्डकी प्रदेश सडक ऐन, २०८१ लाई संशोधन गर्न बनेको विधेयक हिउँदे अधिवेशनबाट पारित भएका छन् ।
प्रदेश सभा सचिवालयका शाखा अधिकृत शशिधर सुवेदीले अहिले समितिमा दुई विधेयक छलफलका क्रममा रहेको जानकारी दिए । औषधीजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र गण्डकी प्रदेशमा प्रदेश खाद्य अधिकार तथा खाद्य गुणस्तर सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभाका समितिहरूमा छलफलका क्रममा छन् ।

सम्बन्धित खबर
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित
स्याङ्जामा सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि र्याली
फेदीखोलामा वृक्षारोपणसँगै बालबालिकाको स्वास्थ्य परीक्षण
स्याङ्जामा बेवारिसे एकनाले भरुवा बन्दुक फेला
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो