बालेन र रविलाई गाली गरी भिडिओ बनाउँदा पक्राउ परेका युट्युबरले ओलीविरुद्ध पनि बनाउँथे

पक्राउ

बालेन र रविलाई गाली गरी भिडिओ बनाउँदा पक्राउ परेका युट्युबरले ओलीविरुद्ध पनि बनाउँथे

youtuber-1775971927

पाँचथरमा प्रधानमन्त्री बालेन (बालेन्द्र) शाहलगायत अन्य नेताहरूमाथि अपमानजनक शब्दहरू प्रयोग गरेर समाजिक सञ्जालमा भिडिओहरू बनाएपछि एक युट्युबर पक्राउ परेका छन्।

फाल्गुनन्द गाउँपालिका-७ का सामाजिक सञ्जालमा भिडिओ बनाउने युटयुबर रोशन पोखरेल पक्राउ परेका हुन्। पक्राउ परेका पोखरेलले पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली विरुद्ध पनि उस्तै अश्लिल गालीसहित भिडियो बनाइरहेको उनको फेसबुक पेजका भिडियो हेर्दा देखिन्छ ।

उनलाई जिल्ला प्रहरी कार्यालयको टोलीले शुक्रबार (चैत २६) पक्राउ गरेको हो।

उनलाई साइबरअपराध सम्बन्धी कसूरमा जिल्ला अदालत पाँचथरबाट शुक्रबार नै १० दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका इन्स्पेक्टर रामचन्द्र शाहले जानकारी दिए।

उनका अनुसार रोशनले फेसबुक, इस्टाग्राम र ‘hades’ नामको युट्युब च्यानलबाट आपत्तिजनक शब्दहरू बनाएर भिडिओ बनाएका छन्।

सोहीकारण उनलाई पक्राउ गरेर अनुसन्धान भइरहेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ