काठमाडौँ — काठमाडौं उपत्यकामा खपत हुने चामलमा विभिन्न ११ थरी विषादीका अवशेष रहेको एक अध्ययनले देखाएको छ । अनुसन्धानका क्रममा परीक्षण गरिएका नमुनामा ढुसीनाशक, किटनाशक, मुसा मार्नेलगायत कतिपय प्रतिबन्धित विषादीको समेत अवशेष फेला परेको छ ।
भक्तपुर र ललितपुरमा बिक्री–वितरण हुने चामलभन्दा काठमाडौंका पसलका चामलमा बढी विषादी पाइएको छ । गैरबासमतीको तुलनामा बासमती चामलमा विषादीको मात्रा दोब्बर देखिएको विज्ञहरूको भनाइ छ ।
काठमाडौंस्थित ‘प्रोग्रेसिभ सस्टेनेबल डिभेलपर्स नेपाल’ र भारतको ‘काउन्सिल अफ साइन्टिफिक एन्ड इन्डस्ट्रियल रिसर्च–इन्डियन इन्स्टिच्युट अफ टक्सिकोलोजी रिसर्च’ ले ‘नेपालको धानमा विषादीको प्रयोग र किसानको सुरक्षा व्यवहार : योजनाबद्ध व्यवहारको सिद्धान्त र सम्भावित स्वास्थ्य जोखिम’ शीर्षकको प्रतिवेदन हालै सार्वजनिक गरेको हो ।
उक्त प्रतिवेदनले काठमाडौंका तीन जिल्लामा खपत भइरहेको चामलमा विषादीको घनत्व प्रतिकेजी ५.०९ माइक्रो ग्रामदेखि ३१२.५४ माइक्रो ग्रामसम्म पाइएको औंल्याएको हो । यो प्रतिवेदन ‘स्प्रिन्जर नेचर’को प्रतिष्ठित अन्तर्राष्ट्रिय शैक्षिक जर्नल ‘वातावरण, विकास र दिगोपन’ मा प्रकाशित छ ।
सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
बालेनसँगको बैठकबाट निस्किएलगत्तै समातिए किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
गरिमा चौधरीको हत्याका मुख्य अभियुक्त नाबालकको बयान भिडियो बाहिरिएपछि तरङ्ग
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा