आईसिसी विश्वकप क्रिकेटको ट्रफी शुक्रबार नेपाल आईपुग्ने भएको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसिसी) की नेपाल प्रतिनिधि भावना घिमिरेका अनुसार विश्वकप ट्रफी बंगलादेशबाट शुक्रबार नेपाल आइपुग्ने छ ।
विश्वकप ट्रफी नेपालमा चार दिन राखिनेछ । ट्रफी टुरको व्यवस्थापन गरिरहेकी आईसीसीकी नेपाल प्रतिनिधि भावना घिमिरेका अनुसार पहिलो दिन शुक्रबार ट्रफीलाई स्वयम्भु भ्रमण गराईने छ । त्यसको भोली पल्ट शनिबार ट्रफीलाई पोखरा क्रिकेट रंगशालामा लगिनेछ ।
पोखरा प्रिमियर लिग क्रिकेट पीपीएलका लागि सबै खेलाडी र क्रिकेट सम्बद्ध व्यक्ती पोखरामा रहेकाले त्यहाँ लैजान लागिएको हाे।
त्यस्तै, २८ गते आईतबार ट्रफीलाई काठमाडौंको चन्द्रागिरीलाई लगेर प्रर्दशनीमा राखिनेछ । सोही दिन प्रधानमन्त्री र सर्वसाधारणलाई समेत ट्रफी देखाईने कार्यतालिका रहेको छ । अन्तिम दिन २९ गते सोमबार प्रसंशकसंग ट्रफीको फोटो खिचाएर नेपाल भ्रमणको समापन गरिनेछ ।
आईसिसीले विश्व भ्रमणको दौरान विश्वकप ट्रफी नेपालमा समेत प्रर्दशन गर्न लागेको हो । नेपालले एक दिवसीय मान्यता पाएको अवसरमा ट्रफीलाई नेपाल ल्याउन अार्इसीसीकी नेपाल प्रतिनिधि घिमिरेले पहल गरिरहेकी थिईन् ।
विश्वकपको ट्रफी निशान कम्पनिको सहायताले विश्वभर प्रदर्शन गरिदैछ । क्रिकेटको विश्वकप ट्रफी नेपालमा पहिलोपटक आउने लागेको हो । फुटबलको ट्रफी भने नेपालमा ल्याईसकिएको छ ।
एक सय दिने विश्व भ्रमणमा रहेको विश्वकप ट्रफी दुबईबाट सुरु भई ओमान, अमेरिका, वेष्ट इण्डिज, श्रीलंका, पाकिस्तान र बंगलादेश हुँदै नेपाल ल्याउन लागिएको हो ।
यस ट्रफी नेपालबाट भारत, न्युजिल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रीका, केन्या, रुवान्डा, नाइजेरिया, फ्रान्स, बेल्जियम, नेदरल्याण्ड र जर्मनी हुँदै इंग्ल्यान्ड लगिने छ । विश्वकप ट्रफी नेपालसहित २१ देशका ६० शहरमा प्रदर्शन गरिनेछ ।
सम्बन्धित खबर
नेपाल ह्याण्डबल संघ अध्यक्षमा तिमिल्सिना, महासचिवमा पाठक
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
फेदीखोला राष्ट्रपति रनिङ शिल्डको उपाधि सिद्धार्थ माविलाई
शारीरिकसँगै मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्यः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’