रोल्पाको जलजलामा बिहीबार भएको जीप दुर्घटनामा ज्यान गुमाएकाहरूको पहिचान खुलेको छ।
रुकुमपूर्वबाट जलजलातर्फ जाँदै गरेको जीप रोल्पाको थवाङ–१ मा भीरबाट करिब ८०० मिटर तल खस्दा २० जनाको मृत्यु भएको थियो । एक जना मात्रै घाइते भएका छन् ।
ज्यान गुमाउनेहरूमा रुकुमपूर्वको सिस्ने–५ टाकुराका ३२ वर्षीय गोर्खबहादुर बुढाथोकी, ५३ वर्षीया तिलकुमारी बुढाथोकी, २८ वर्षीय युवा बुढाथोकी, १० वर्षीय दिव्यन बुढाथोकी, २४ वर्षीया सिर्जना बुढाथोकी, १३ वर्षीय सुदीप बुढाथोकी, ४० वर्षीया ओमकुमारी बुढाथोकी, ६० वर्षीया मीना कामी, ६० वर्षीया लक्ष्मी शाह, रुक्मिणा बस्नेत, रुकुमपूर्वको भूमे–५ का टेकप्रसाद बस्नेत छन्।
यस्तै, दाङको घोराही–१५, रतनपुरका ५४ वर्षीय दोरपति जिसी, ३२ वर्षीया तिला जिसी, ७ वर्षीय जेनिस जिसी, १२ वर्षीया जेनिसा जिसी, २५ वर्षीया एलिना जिसी, ७ वर्यीय संयोग जिसी र उमेर नखुलेका यमबहादुर जिसीको मृत्यु भएको प्रहरीले जनाएको छ।
यस्तै, घोराही–१३ घर भई रुकुमपूर्वको सिस्ने–५ बस्ने धनमाया विष्ट र जीप चालक ४२ वर्षीय बेदु कामीको पनि दुर्घटनामा मृत्यु भएको छ।
जीपको छतबाट हाम फाल्दा घाइते भएका सिस्ने–५ का ३२ वर्षीय समिर कामी उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ।
सम्बन्धित खबर
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
यात्रुसहितको कार सुनकोसीमा खस्यो, कार र यात्रुको अवस्था अज्ञात
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
पोखरामा पर्यटकबसको ठक्करबाट पैदलयात्रीको मृत्यु
टेलरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
पर्वतमा ट्याक्टर दुर्घटनाः चालकसहित दुई जनाको मृत्यु, एक घाइते
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण