मालपोत कार्यालयको नाम परिवर्तन

मालपोत कार्यालयको नाम परिवर्तन

malpot_makalukhabar

काठमाडौँ । जग्गा प्रशासन सम्बन्धी काम गर्ने मालपोत कार्यालयको नाम परिवर्तन भएको छ । केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेशले मालपोत कार्यालयको नाम परिवर्तन गरी ‘भूमि प्रशासन कार्यालय’ राख्ने व्यवस्था गरेको हो।

जारी नयाँ अध्यादेश मार्फत जग्गा (नाप जाँच) ऐन र मालपोत ऐनमा संशोधन गर्दै मालपोत शब्दलाई भूमि प्रशासनमा रूपान्तरण गरिएको हो।

यसैगरी सरकारले जग्गा रजिष्ट्रेसन, नामसारी, दाखिल खारेज, रोक्का तथा फुकुवा गर्ने जस्ता महत्त्वपूर्ण कामहरू अब सम्बन्धित स्थानीय तहको भूमि व्यवस्थापन शाखाले समेत गर्न सक्ने व्यवस्था मिलाएको छ।

त्यस्तै भूमिसम्बन्धी ऐनमा संशोधन गर्दै भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्न केन्द्र र जिल्ला तहमा समिति वा कार्यदल गठन गर्न सक्ने बाटो खुला गरिएको छ।

साथै भूउपयोग ऐन संशोधन गर्दै स्थानीय भूउपयोग परिषद्ले मनासिब देखेमा एक पटकका लागि स्थानीय भूउपयोग परिवर्तन गर्न सक्ने अधिकार समेत प्रदान गरिएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ