पोखरा, २८ चैत । स्याङ्जा आँधिखोला गाउँपालिका वडा नं. २ साविक चिलाउनेबास–२, काफलटारी स्थित संस्कृत गुरुकुल बेद विद्याश्रममा सहयोग जुटेको छ । मुष्ठीदानमा चलिरहेको विद्याश्रमलाई पोखराबाट युवाको टोलीले खाद्यान्न सहयोग गरेका हुन् । यही विद्यालयको बारेमा सहयोग कुर्दै संस्कृत गुरुकुल शीर्षकमा समाचार प्रकाशित भएको थियो ।
विद्याश्रमलाई आवश्यक पर्ने खाद्यान्न लिएर युवा समूह विद्यालयमै पुगेको हो । गत माघमा ओजन क्लबमा डान्स पार्टी आयोजना गरेर बचेको रकम आयोजकले सामाजिक कार्यमा खर्च गरेका हुन् । यस्तै, फेसबुक समूह ‘वी आर वान’ का तर्फबाट पनि सहयोग प्रदान गरिएको संयोजक सूर्य तिमिल्सिनाले जानकारी दिए । यस्तै, स्याङ्जा फेदीखोला गाउँपालिका घर भएका न्यू एरा पार्टी प्यालेसका घनश्याम सुवेदीले पनि एक बोरा चामल सहयोग गरे ।
रियाज तिमिल्सिना, अशोक सेढाईं र सन्देश क्षत्री मिलेर माघ ६ गते ‘दि वाईल्ड लिजेण्ड नाईट’ डान्स पार्टी आयोजना गरेका थिए । सो पार्टीबाट संकलित रकमलाई यसरी उपयोग गरिएको हो । ‘युवालाई समेटेर कार्यक्रम गरियो । मनोरञ्जन प्राप्त भयो । बचत रकम सामाजिक कार्यमा खर्च गर्ने सोच आयो ।’ अशोक सेढाईंले भने– ‘यति विकट ठाउँमा आएर थोरै भएपनि सहयोग गर्न पाउँदा गौरव अनुभूति भएको छ ।’
टोलीले चामल, आलु, दाल, तेल लगायतका खाद्यान्न सामाग्री विद्याश्रम व्यवस्थापन समितिका अध्यक्ष पुण्यप्रसाद उपाध्याय, प्राचार्य रामचन्द्र तिमिल्सिनालाई हस्तान्तरण गरे । ‘हामी पनि सामाजिक सेवामा डान्स पार्टी गरेरै यसरी समाहित हुन सक्छौं है भन्ने लाग्यो’ – रियाजले भने– ‘आज कम्तिमा आफ्नो धर्म, संस्कृतिमा लागेकाहरुसँग मिसिन पाउँदा खुशी लागेको छ ।’

विद्यालय व्यवस्थापन समिति अध्यक्ष उपाध्यायले आफै पढ्ने उमेरका युवाहरुले आफ्नै तहमा कार्यक्रम गरी अवशेष रकमबाट अन्नदान गरेकोमा खुशी प्रकट गर्दै अरु युवालाई पनि प्रेरणा मिल्ने बताए । प्राचार्य तिमिल्सिनाले कति युवाहरु दुव्र्यसनीमा फस्ने, डिस्को डान्स पार्टीहरुमा रम्ने मात्र गरिरहँदा त्यही समूहमा यस्ता युवाहरु हुन गर्वको कुरा भन्दै यस्तै सत्मार्गमा अघि बढ्न शुभेच्छा प्रकट गरे । टोलीमा आशिष पुरी, सन्दिप सापकोटा लगायत सहभागी थिए ।
ब्राह्मण बस्ती धेरै रहेको सो क्षेत्रमा २०२४ साल अघिदेखि नै आश्रम बनेपनि २०६२ सालबाट यसरी माध्यमिक तह सम्मै संस्कृत पठनपाठन हुने गरी विद्यालय सञ्चालनमा आएको हो । गुरुकुलमा अहिले १२ जिल्लाका ६५ जना विद्यार्थीहरु पढ्छन् । विद्याश्रमको आम्दानी स्रोत केहि छैन तर झण्डै ७० जनालाई नियमित भोजन र बासको व्यवस्था गर्नुपर्ने हुन्छ । तत्कालिन उपराष्ट्रपतिलाई नै आतिथ्यता गराएर महायज्ञ सञ्चालन गरी पैसा जुटाएर भवन ठड्याईएको छ तर रकम अभावले पूरा हुन सकेको छैन । दुर्गम स्थान भएकै कारण दाताको नजर पर्न नसकेको उक्त आश्रम सहयोगको पर्खाइमा रहेको छ।
सम्बन्धित खबर
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
दरौंखोला र गड्यौलीखोलामा ७५ हजार माछाका भुरा छाडियो
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’