अर्घाखाँचीको पाणिनी गाउँपालिकाको दुर्गाफाट कुरुलेमा भएको बस दुर्घटनामा ४ जनाको मृत्यु भएकोछ । अन्य २७ जना घाइते छन् ।
सन्धिखर्क घुम्ती तानसेन पाल्पा सडकखण्ड अन्तर्गत पाणिनी–८ को कुरुलेफाँट नजिक दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य दुई जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा कास्की पोखरा महानगरपालिका–१९ की ७८ वर्षीया राममाया बस्नेत, सोही ठाउँकी ७८ वर्षीया बिन्दु कुँवर, पर्वतको मोदी गाउँपालिका–५ की ५० वर्षीया कौशिला रेग्मी र सोही ठाउँका बस चालक ४५ वर्षीय रमेश जिसी रहेको र्घाखाँचीका प्रहरी प्रमुख डीएसपी दिवसबहादुर जिसीले बताए ।
घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरूको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा र भैरहवा मेडिकल कलेजमा उपचार भैरहेको छ ।

अर्घाखाँची अस्पतालका घाइतेलाई पनि थप उपचारका लागि भैरहवा मेडिकल कलेज पठाइएको छ । घटनामा अधिकांश मोदी गाउपालिका पर्वतका मानिसहरू परेको प्रहरीको भनाइ छ ।
सुपा देउराली दर्शन गरी पर्वत फर्किँदै गरेको ध १ ख ५०४ नम्बरको बस दुर्घटनामा परेको जिसीले बताए । प्रारम्भिक जानकारी अनुसार गाडीको ब्रेक फेल भएर दुर्घटना भएको र बस सडकबाट करिब १०० मिटर तल खसेको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरिले जनाएको छ ।
सम्बन्धित खबर
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
बस र मोटरसाइकल ठोकिँदा एक जना घाइते
मोटरसाइकल र ट्याक्सी ठोकिँदा युवकको मृत्यु
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
गोसाईंकुण्ड जाने तीर्थयात्री बोकेकासहित करिब ३०० यात्रुवाहक बस बेपत्ता
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए