पोखरा । कास्कीका प्रहरी प्रमुख एसपी नवजिन कार्कीले पोखरामा चोरी गर्न काठमाडौंबाट चोरहरू आउने गरेको बताएका छन् । पछिल्लो समय पोखरामा भएका ठूला चोरीका घटनामा बाहिरका गिरोह संलग्न रहेको उनले खुलाए । नुवारथोक टोल विकास संस्था पोखरा ७ ले आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा उनले यस्तो जानकारी दिएका हुन् ।
पोखरामा चोरी गरेर चोरहरू पुनः काठमाडौं नै फर्किने गरेको कार्कीले बताए । नयाँ शैलीका कारण प्रहरीलाई अनुसन्धान गर्न धेरै समय लाग्ने गरेको उनको भनाइ छ । उनले पोखराको एउटै घरबाट ५० तोला सुन चोरी भएको तथ्य सार्वजनिक गरे । सुनको मूल्य बढेकाले अहिले चोरहरूको मुख्य ध्यान बहुमूल्य धातुमा रहेको उनले बताए । ‘सुनलाई दराजमा होइन, लकरमा राख्ने बानी बसाल्नुपर्छ,’ उनले भने ।
एसपी कार्कीले महिलाहरूलाई धेरै गहना लगाएर बाहिर ननिस्कन पनि आग्रह गरे । गहनाका कारण ज्यानै जाने खतरा हुन सक्ने भन्दै उनले सचेत गराए । सुरक्षाको पहिलो प्रहरी नागरिक स्वयम् भएको उनको भनाइ थियो । टोलमा सिसिटिभी क्यामरा जडान गर्न र बत्ती राख्न स्थानीय नै सक्रिय हुनुपर्नेमा उनले जोड दिए । धेरै सुन र नगद घरमा नराख्न प्रहरीले अनुरोध गरेको छ ।
पोखरा ७ का वडाध्यक्ष राममोहन आचार्यले वडालाई उज्यालो बनाउने अभियान सुरु भएको बताए । मुख्य चोकहरूमा सिसिटिभी क्यामरा जडान गर्ने लक्ष्य महानगरले राखेको छ । चोरी रोक्न स्थानीय आफैँ पनि सजग हुनुपर्ने उनले बताए । आफ्नो टोलमा पालैपालो गस्ती गर्न वडाध्यक्ष आचार्यले आग्रह गरे ।
वडा प्रहरी कार्यालय बैदामका डिएसपी नमराज भट्टराईले टोलमा नयाँ मानिस आए निगरानी राख्न आग्रह गरे । शंकास्पद व्यक्ति देखिए तत्काल प्रहरीलाई खबर गर्न उनले भने । घर बाहिर जाँदा छिमेकीलाई जानकारी दिन र अटोमेटिक लाइट जडान गर्न उनले सुझाव दिए । ‘धेरैले दराजको घर्रामा गहना राख्ने गर्छन्, त्यसो गर्दा चोरीको जोखिम बढी हुन्छ,’ भट्टराईले भने ।
सामुदायिक सेवा केन्द्र बैदामका अध्यक्ष ठाकुर प्रसाद बराल र टोल विकास समितिका अध्यक्ष दामोदर बरालले पनि कार्यक्रममा बोलेका थिए । उनीहरूले शान्ति सुरक्षा कायम गर्न समुदाय र प्रहरी सँगै अघि बढ्नुपर्ने बताए । स्थानीयले टोलमा गस्ती बढाउन र लागू औषध नियन्त्रण गर्न सुझाव दिए । बिहान र साँझ महिलाहरू हिँड्न सहज वातावरण बनाउन उनीहरूले माग गरे ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो