स्याङ्जाको वालिङ नगरपालिका–६ एक्लेपिपलस्थित मिर्दी–चापाकोट भित्री सडकखण्डमा शुक्रबार दिउँसो अटो दुर्घटना हुँदा १८ महिनाको बालकसहित पाँच जना घाइते भएका छन् ।
प्रहरीका अनुसार गण्डकी प्रदेश ०४–००१ ह ०५७४ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खसेको थियो । दुर्घटनामा वालिङ–६ साठीघरेकी २१ वर्षीया सलिना नेपाली, उनका १८ महिनाका छोरा दिप्सन नेपाली, २६ वर्षीया सुमित्रा नेपाली, ५० वर्षीय दुर्गा बहादुर गौतम तथा अटो चालक वालिङ–८ का २६ वर्षीय सुमन बस्याल घाइते भएका छन् ।
घाइते सबैलाई तत्काल प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा पुर्याई उपचार गरिएको थियो । उपचारका क्रममा सलिना नेपाली, दिप्सन नेपाली र दुर्गा बहादुर गौतमको अवस्था थप उपचार आवश्यक देखिएपछि पोखरा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिए ।
अन्य दुई घाइतेको भने वालिङमै उपचार भइरहेको बताइएको छ । दुर्घटनामा परेको अटोलाई नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालय वालिङमा राखिएको छ । चालक प्रहरीको सम्पर्कमै रहेका छन् भने दुर्घटनाको कारणबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
सम्बन्धित खबर
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
यात्रुसहितको कार सुनकोसीमा खस्यो, कार र यात्रुको अवस्था अज्ञात
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
पोखरामा पर्यटकबसको ठक्करबाट पैदलयात्रीको मृत्यु
टेलरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
पर्वतमा ट्याक्टर दुर्घटनाः चालकसहित दुई जनाको मृत्यु, एक घाइते
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो