पोखरा महानगरपालिकाले चालु वर्षको भन्दा घटाएर बजेट ल्याएको छ। महानगरपालिकाले ७ अर्ब १५ करोड १५ लाख १७ हजार रुपैयाँको बजेट ल्याएको हो।
उपप्रमुख मञ्जुदेवी गुरुङले आइतबार १३ औं नगरसभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिन्। चालु वर्षको तुलनमा पोखराको बजेट १ अर्ब ६२ करोड ७ लाख ७३ हजार रुपैयाँले कम हो।
बजेटको स्रोतमा संघीय सरकारबाट २ अर्ब ७६ करोड ३२ लाख रुपैयाँ प्राप्त हुने उल्लेख छ। प्रदेश सरकारबाट १० करोड २३ लाख ६२ हजार रुपैयाँ प्राप्त हुने र आन्तरिक आयबाट २ अर्ब २७ करोड ८७ लाख रुपैयाँ व्यहोर्ने उपप्रमुख गुरुङले जानकारी दिइन्।
संघीय राजस्व फाँडफाँटबाट ३६ करोड ६२ लाख रुपैयाँ, प्रदेश राजस्व बाँडफाँटबाट ८ करोड २५ लाख रुपैयाँ, स्थानीय राजस्व बाँडफाटबाट १ अर्ब १ करोड ७५ लाख रुपैयाँ, संघीय सहरी विकास आयोजनाको अनुदानबाट ८ करोड ४० लाख ९१ हजार रुपैयाँ प्राप्त हुने अनुमान छ।
पोखराले चालु आर्थिक वर्षका लागि ८ अर्ब ७७ करोड २ लाख २९ हजार रुपैयाँको बजेट ल्याएको थियो। असार ८ गतेसम्म ३ अर्ब ८५ करोड ५५ लाख ८४ हजार रुपैयाँ मात्र खर्च भएको छ। कूल बजेटको ४३.५ प्रतिशत मात्र खर्च भएको हो।
४ अर्ब ३० करोड १५ लाख ५२ हजार रुपैयाँ आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको महानगरले १ अर्ब १९ करोड ७१ लाख ९२ हजार मात्र संकलन भएको छ।
सम्बन्धित खबर
पोखरामा अत्यधिक वर्षा हुन सक्ने भन्दै विद्यालयमा २ दिन बिदा
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
पोखरामा नालीको भेलले बगाएका आमा र छोरीको ज्यान रहेन
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित
समिप वैरागीको कविता कृति ‘साहीमासा’ माथि परिचर्चा
लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरद्वारा बृहत् वृक्षारोपण
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन