फिफा विश्वकपको उपाधिका लागि दुई फुटबल महारथी स्पेन र अर्जेन्टिना भिड्ने पक्का भएको छ।
न्युयोर्क न्यु जर्सी स्टेडियममा हुने बहुप्रतिक्षित फाइनल खेल नेपाली समय अनुसार सोमबार बिहान पौने १ बजे सुरु हुनेछ।
विश्वकप सुरु हुनुअघि नै उपाधिको दाबेदार मानिएका यी दुई टोलीले आफ्नो उत्कृष्ट प्रदर्शन जारी राख्दै फाइनलमा स्थान सुरक्षित गरेका हुन्।
स्पेनले बुधबार भएको पहिलो सेमिफाइनलमा फ्रान्सलाई २-० ले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो भने अर्जेन्टिना बिहीबार इंग्ल्याण्डलाई २-१ ले हराउँदै उपाधि रक्षाको नजिक पुगेको हो ।
मेसी र यमल: २० वर्षपछिको संयोग
यो फाइनल खेल फुटबल इतिहासमै एक ऐतिहासिक मोड बन्ने देखिएको छ। अर्जेन्टिनी लेजेन्ड लियोनल मेसी र स्पेनका युवा सनसनी लामिन यमल पहिलो पटक अन्तर्राष्ट्रिय मञ्चमा आमने-सामने हुँदैछन्।
रोचक कुरा के छ भने, झन्डै २० वर्षअघि एउटा च्यारिटी कार्यक्रमका लागि खिचिएको तस्बिरमा युवा मेसीले बच्चा रहेका यमललाई नुहाइदिइरहेको तस्बिर केही पहिले भाइरल बनेको थियो ।

उक्त तस्बिर वर्षौंसम्म गुमनाम थियो। तर सन् २०२४ को युरो कपका दौरान लामिन यमलका बुबाले सामाजिक सञ्जालमा ‘दुई लिजेन्डको सुरुवात’ भन्दै यो फोटो सेयर गरेपछि यसले विश्वभर चर्चा पाएको थियो । उक्त फोटो सन् २००७ को डिसेम्बरमा स्पेनको बार्सिलोनास्थित ‘क्याम्प नोउ’ रंगशालाको ड्रेसिङ रुममा खिचिएको थियो ।

अहिले त्यही बच्चा र फुटबलका महान् खेलाडी मेसी विश्वकपको उपाधिका लागि एक-अर्काविरुद्ध मैदानमा उत्रिनेछन्।
फाइनलसम्मको यात्रा
पहिलो खेलमा केप भर्डसँग बराबरी खेले पनि स्पेनले त्यसपछिका ६ वटै खेल जितेको छ। नकआउट चरणमा अस्ट्रिया (३-०), पोर्चुगल (१-०), र बेल्जियम (२-१) लाई हराउँदै स्पेनले फाइनलमा स्थान बनाएको हो। स्पेनको बलियो पक्ष उसको डिफेन्स देखिएको छ, जसले पुरै प्रतियोगितामा मात्र एक गोल खाएको छ।
यता डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले अहिलेसम्म शतप्रतिशत नतिजा निकालेको छ। यद्यपि, नकआउट चरणमा उसको यात्रा निकै कठिन रह्यो। केप भर्ड, इजिप्ट र स्विजरल्याण्ड विरुद्धका खेलहरू अर्जेन्टिनाले अतिरिक्त समयमा मात्र जित्न सकेको थियो। सेमिफाइनलमा इंग्ल्याण्डलाई २-१ ले हराएर उसले पुनः फाइनलको टिकट काटेको हो।
अर्जेन्टिनाका लागि मेसीले आफ्नो छैटौँ विश्वकपमा कीर्तिमानको वर्षा गरिरहेका छन्। उनले यस प्रतियोगितामा अहिलेसम्म सर्वाधिक ८ गोल गरिसकेका छन्। यससँगै विश्वकप इतिहासमा उनको कुल गोल संख्या २१ पुगेको छ, जुन अहिलेसम्मकै उच्च हो।
यसैगरी स्पेनका लागि लामिन यमल आक्रमणका मुख्य हतियार हुन्। फ्रान्सविरुद्धको सेमिफाइनलमा उनको प्रदर्शनको विश्वभर चर्चा भइरहेको छ। उनी हालै ह्यामस्ट्रिङको चोटबाट मुक्त भएर विश्वकप खेल्न सकेका थिए ।
सम्बन्धित खबर
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
५ पटकको विश्व विजेता ब्राजिल अन्तिम १६ बाटै बाहिरियो
आत्मघाती गोल उपहारले अघि बढ्यो साविक विजेता अर्जेन्टिना
यो पनि पढौँ
सरकार पक्षले बलजफ्ती शव बुझ्न दबाब दिएपछि गणेश नेपालीका बुबाले गरे आत्महत्याको प्रयास
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
बालेनले नै मेयर हुँदा २ वर्ष अघि तोकेका थिए चर्को जरिवाना
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ