पोखरा १८ सिम्पानी पाखाको जग्गा तालबराही गुठीकै भएको सर्वोच्न अदालतले फैसला गरेको छ । पुस्तौंदेखि उपभोग गर्दै दावी गर्ने पोखरा ६ बैदामका डिलबहादुर ढकाल, हरिबहादुर ढकाल, दलबहादुर ढकाल, धनुमाया ढकाल र जगतबहादुर लामिछानेले सर्वोच्चमा उजुरी गरेका थिए ।
सिम्पानी पाखोमा कित्ता नम्बर ४ सय १९ को करिब ७१ रोपनी जग्गा मन्दिरको नाममा रहेको गुठी व्यवस्थापन समितिका अध्यक्ष हिक्मतबहादुर कँुवरले जानकारी दिए । २०६८ सालमा मुद्दा परेपछि कुनै भौतिक निर्माणको काम हुन नसकेको बैदाम खहरेचोकमाथि सिम्पानी पाखोको उक्त जग्गामा आधुनिक वृद्धाश्रम लगायतका संरचना बनाउन बाटो खुलेको छ ।
सर्वोच्च अदालतका न्यायाधीश केदारप्रसाद चालिसे र तेजबहादुर केसीको संयुक्त फैसलामा गुठी संस्थान सञ्चालक समितिको निर्णयबाट निवेदकको कुनै पनि कानुनी तथा संवैधानिक हकमा आघात नपरेको उल्लेख छ । सर्वोच्चले हकदैयाको अभावमा दायर भएको रिट निवेदन २०७४ पुस १४ गते खारेज गरेको हो ।
सुरु सुरुमा बिक्री गर्न नपाउने गरी जग्गा भोग गरेबापत् मन्दिरको छानाको लागि खर र भाटा दिने, वार्षिक पूजामा चढ्ने बलि सफा गर्न १ भारी दाउरा बुझाउने शर्त कायम गरिएको देखिन्छ । अहिले मन्दिर पक्की बनेको र बलि प्रथासमेत अन्त्य भएकोले ३ वटै सामग्री दिन नपर्ने भएकोले अब निवेदकको कुनै दायित्व नभएको स्थलगत प्रतिवेदनबाट देखिएको फैसलामा उल्लेख छ ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो