पोखरा, १२ कात्तिक /गण्डकी प्रदेश सरकारले पोखरामा आउने पर्यटकको तथ्याङ राख्न सुरु गरेको तीन महिनामा पोखरामा ६८ हजार पर्यटक आएको तथ्याङले देखाएको छ ।
गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले साउन १ गतेदेखि प्रहरीको सहयोगमा तथ्यांक संकलन सुरु गरेको हो ।
पोखरा र गण्डकी प्रदेशमा साउन, भाद्रै र असोजमा महिनामा पोखरामा ६८ हजार पाँच सय दुईजना पर्यटक विभिन्न मार्ग हुँदै पोखरा प्रवेश गरेका छन् । स्थलमार्गबाट आउने पर्यटकको तथ्यांक तनहुँको आँबुखैरेनी स्थित पृथ्वी राजमार्गको आबुखैरेनी प्रहरी चेक पोस्ट र स्याङ्जाको गल्याङस्थित सिद्धार्थ राजमार्गको गल्याङ प्रहरी चेक पोस्टमा तथ्याङ राख्न थालिएको हो ।
हवाइ मार्गबाट पोखरा आउने पर्यटकको तथ्यांक पोखरा विमानस्थलले राखेर प्रदेश सरकारलाई उपलब्ध गराउने गरेको छ । यसअघि पोखरा आउने पर्यटकको अभिलेख हवाई मार्गबाट आउने पोखरा विमानस्थलले र पदयात्रामा जाने पर्यटकको तथ्यांक अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले राख्नेबाहेक अन्य तथ्यांक थिएन ।
साउनमा पोखरामा हवाई मार्ग र स्थलमार्गबाट गरी कुल २० हजार आठ सय १२ पर्यटक आएको प्रदेश सरकारको तथ्यांक छ । साउनमा सबैभन्दा धेरै भारतीय पर्यटक आएको तथ्यांक छ ।
भदौ महिनामा २१ हजार सात सय १७ पर्यटक आएको तथ्यांक छ । यी दुवै महिना पर्यटक आगमनका लागि अफ सिजन मानिन्छ । पर्यटकीय सिजन सुरु हुने असोजमा पर्यटकको आमगन बढेर २५ हजार नौ सय ७३ पर्यटक गण्डकी प्रदेशमा आएको गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वतावरण मन्त्रालयका सचिव विष्णुप्रसाद भण्डारीले बताए ।
असोज महिनामा १२ हजार पाँच सय ६३ जना पर्यटक भारतीय आएको तथ्यांक छ । बाँकी अन्य देशमा पर्यटक हुन् । प्रदेश सरकारले आन्तरिक पर्यटकको भने तथ्यांक राखेको छैन । तथ्यांक संकलनलाई विस्तारै प्रभावकारी बनाउन एप्स सिस्टममा जाने प्रदेश उनले बताए ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’