पोखरा, १२ कात्तिक /गण्डकी प्रदेश सरकारले पोखरामा आउने पर्यटकको तथ्याङ राख्न सुरु गरेको तीन महिनामा पोखरामा ६८ हजार पर्यटक आएको तथ्याङले देखाएको छ ।
गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले साउन १ गतेदेखि प्रहरीको सहयोगमा तथ्यांक संकलन सुरु गरेको हो ।
पोखरा र गण्डकी प्रदेशमा साउन, भाद्रै र असोजमा महिनामा पोखरामा ६८ हजार पाँच सय दुईजना पर्यटक विभिन्न मार्ग हुँदै पोखरा प्रवेश गरेका छन् । स्थलमार्गबाट आउने पर्यटकको तथ्यांक तनहुँको आँबुखैरेनी स्थित पृथ्वी राजमार्गको आबुखैरेनी प्रहरी चेक पोस्ट र स्याङ्जाको गल्याङस्थित सिद्धार्थ राजमार्गको गल्याङ प्रहरी चेक पोस्टमा तथ्याङ राख्न थालिएको हो ।
हवाइ मार्गबाट पोखरा आउने पर्यटकको तथ्यांक पोखरा विमानस्थलले राखेर प्रदेश सरकारलाई उपलब्ध गराउने गरेको छ । यसअघि पोखरा आउने पर्यटकको अभिलेख हवाई मार्गबाट आउने पोखरा विमानस्थलले र पदयात्रामा जाने पर्यटकको तथ्यांक अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले राख्नेबाहेक अन्य तथ्यांक थिएन ।
साउनमा पोखरामा हवाई मार्ग र स्थलमार्गबाट गरी कुल २० हजार आठ सय १२ पर्यटक आएको प्रदेश सरकारको तथ्यांक छ । साउनमा सबैभन्दा धेरै भारतीय पर्यटक आएको तथ्यांक छ ।
भदौ महिनामा २१ हजार सात सय १७ पर्यटक आएको तथ्यांक छ । यी दुवै महिना पर्यटक आगमनका लागि अफ सिजन मानिन्छ । पर्यटकीय सिजन सुरु हुने असोजमा पर्यटकको आमगन बढेर २५ हजार नौ सय ७३ पर्यटक गण्डकी प्रदेशमा आएको गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वतावरण मन्त्रालयका सचिव विष्णुप्रसाद भण्डारीले बताए ।
असोज महिनामा १२ हजार पाँच सय ६३ जना पर्यटक भारतीय आएको तथ्यांक छ । बाँकी अन्य देशमा पर्यटक हुन् । प्रदेश सरकारले आन्तरिक पर्यटकको भने तथ्यांक राखेको छैन । तथ्यांक संकलनलाई विस्तारै प्रभावकारी बनाउन एप्स सिस्टममा जाने प्रदेश उनले बताए ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो