दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६

सौन्दर्य

दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६

miss-nepal

काठमाडौँ । दीपमाला ढकालले मिस नेपाल २०२६ को उपाधि जितेकी छन् ।

ललितपुरस्थित द प्लाजामा शनिबार आयोजित ग्रान्ड फिनालेमा २३ जना प्रतिस्पर्धीलाई पछि पार्दै ढकालले मिस नेपाल २०२६ को ताज पहिरिएकी हुन् ।

प्रतियोगितामा कशिस सुब्बाले मिस नेपाल कस्मो २०२६ को उपाधि जितिन् भने आर्या निशात मिस नेपाल इन्टरनेशनल २०२६ घोषित भइन्।

विभिन्न चरणको प्रतिस्पर्धा, प्रस्तुति तथा निर्णायकको मूल्याङ्कनपछि विजेताहरूको घोषणा गरिएको आयोजकले जनाएको छ ।मिस नेपाल प्रतियोगिता हरेक वर्ष आयोजना हुँदै आएको राष्ट्रिय सौन्दर्य तथा व्यक्तित्व विकाससम्बन्धी प्रतिष्ठित प्रतियोगितामध्ये एक हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ