अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको निलम्बनको प्रभाव नेपाली फुटबलमा झन् गहिरिँदै गएको छ। सोही निलम्बनका कारण नेपालले अब एएफसी यू–२० एसियन कप छनोट प्रतियोगिता पनि गुमाउने भएको छ।
एसियाली फुटबल महासंघ (एएफसी) ले सार्वजनिक गरेको अद्यावधिक प्रतियोगिता तालिकामा नेपालको नाम हटाएपछि यू–२० राष्ट्रिय टोलीको छनोट यात्रा औपचारिक रूपमा अन्त्य भएको हो।
एएफसीले यसअघि नै एन्फालाई पत्राचार गर्दै अगस्ट १ भित्र फिफाको निलम्बन फुकुवा भए मात्र नेपालले प्रतियोगिता खेल्न पाउने स्पष्ट पारेको थियो। तर तोकिएको समयभित्र निलम्बन हट्न नसकेपछि नेपाललाई छनोट प्रतियोगिताबाट बाहिर राखिएको हो।
यसअघि सार्वजनिक ‘ड्र’ अनुसार नेपाल डेभलपमेन्ट फेजअन्तर्गत समूह ‘आई’ मा थियो। उक्त समूहमा आयोजक मंगोलिया, ग्वाम र नर्दन मारियाना आइल्यान्ड्स रहेका थिए।
नेपालले अगस्ट ३१ मा ग्वामविरुद्ध पहिलो खेल खेल्ने तालिका थियो। तर एएफसीको नयाँ तालिकामा नेपालको नाम समावेश गरिएको छैन।
फिफाको निलम्बनका कारण नेपालले गुमाएको यो लगातार तेस्रो अन्तर्राष्ट्रिय प्रतियोगिता हो। यसअघि नै नेपाल एएफसी महिला च्याम्पियन्स लिग र एएफसी यू–१७ महिला एसियन कप छनोट प्रतियोगिताबाट वञ्चित भइसकेको छ।
यता, नोभेम्बरमा बंगलादेशमा आयोजना हुने साफ च्याम्पियनसिपमा नेपालको सहभागिता पनि अझै अनिश्चित छ।
प्रतियोगिताको ‘ड्र’ सम्पन्न भइसके पनि नेपालको नाम समावेश गरिएको छैन। सेप्टेम्बर १ भित्र फिफाको निलम्बन हटेमा मात्रै नेपाल समूह ‘ए’ मा समावेश हुने सम्भावना रहनेछ।
फिफाको निलम्बन लम्बिँदै जाँदा नेपाली फुटबलले अन्तर्राष्ट्रिय प्रतियोगिताहरू गुमाइरहेको छ भने उमेर समूहका खेलाडीको विकास र प्रतिस्पर्धात्मक अवसरसमेत प्रभावित हुने चिन्ता बढेको छ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा