सुन्दरकुमार थकाली, मुस्ताङ । अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना एक्याप जोमसोमले नेपाली पर्यटकलाई समेत अन्नपूर्ण संरक्षण क्षेत्रमा प्रबेश गरेवापत शुल्क लिने जनाएको छ ।
सरकारले संरक्षणक्षेत्र व्यवस्थापन नियामावली २०५३ को नियम ४१ ले दिएकोे अधिकार प्रयोगगरी उक्त निर्णय गरेको एक्याप मुस्ताङका कार्यालय प्रमुख प्रमुख तुलसी दाहाले जानकारी दिए । दाहालका अनुसार यसअघि नेपाली पर्यटकले संरक्षणक्षेत्र प्रबेश गरेवापत कुनै प्रबेश शुल्क नलाग्नेमा सरकारको निर्णयपछि १ सय रुपैया शुल्क कायम गरेको हो ।अब अन्नपूर्ण संरक्षणक्षेत्र लगायत ६ वटै संरक्षित क्षेत्रहरुमा प्रबेश गर्ने नेपालीलाई शुल्क लाग्ने नया नियम लागु भएको हो ।
त्यस्तै,सार्क मुलुकका बिदेशी पर्यटकलाई जम्मा २ सयबाट बढाएर १ हजार पू¥याईएको छ भने, तेश्रो मुलुकका बिदेशी पर्यटकले २ हजारबाट ३ हजार प्रबेश शुल्क बुझाउनु पर्ने दाहालले बताए ।मुस्ताङ जिल्लाको सिमावर्तीक्षेत्र घाँसा देखि उपल्लो मुस्ताङ सम्म अन्नपूर्ण सरक्षण आयोजना भित्र पर्दछ ।
मुस्ताङ धार्मिक तथा पर्यटकीय जिल्ला भएकाले यहाँ तिर्थ गर्न आउने पर्यटकले समेत सरकारको यसप्रकारको निर्णयले मुस्ताङ प्रबेश गरेवापत शुल्क बुझाउन बाध्य भएका हुन् ।तर स्वदेशी पर्यटकलाई पनि शुल्क लिने सरकारको यो निर्णय व्यवहारिक बन्न कठिन छ ।
बिदशी पर्यटकका गाईडहरुले पनि संरक्षणक्षेत्रमा प्रबेश शुुल्क तिर्नु पर्नेछ ।तर गाईडहरुले अन्नपूण संरक्षणक्षेत्र कार्यालय पोखरामा वार्षिक १ हजार शुल्क बुझाएमा वर्षभरी शुल्क तिर्नु पर्दैन ।तर कार्यालयलाई शुल्क नबुझाई मुस्ताङ प्रबेश गरेमा दोब्बर शुल्क लाग्ने कार्यालय प्रमूख दाहालले जनाए ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह