पोखराका विभिन्न ठाउँमा आज भएका घटनामा १ जनाको मृत्यु भएको छ भने ४ जना घाईते भएका छन् । पोखरा महानगरपालिका वडा नं १८ सराङकोटमा बन्दै गरेको एक रिसोर्टमा रंगरोगन गर्ने क्रममा लडेर एकजनाको ज्यान गएको हो भने पर्खाल भत्केर दुई बालक र मोटरसाईकलको ठक्करबाट १ र पर्खालले च्यापेर १ व्यक्ति घाईते भएका हुन् ।
पोखरामा रहेको होटल बाराहीले सरांगकोटमा बनाउँदै गरेको रिसोर्टमा पेन्टिङ गर्ने क्रममा मकवानपुरको हेटौंडा बस्ने २५ वर्षीय राज कुमार मगरको मृत्य भएको हो । उनी उक्त रिसोर्टको तेश्रो तलाबाट खसेका थिए । सुरुमा घाईते भएका उनलाई उपचारको लागि मणिपाल अस्पताल लगिएकोमा डाक्टरले मृत्यु भईसकेको घोषणा गरेका हुन । चे घटनाका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ।
पोखरा महानरपालिका वडा नंं ९ बास्तोला थरमा ईन्द्र प्रसाद बास्तोलाको घरको कम्पाउण्डिङ गरेको पर्खालमा खेल्ने क्रममा उक्त पर्खाल भत्केर च्यापिंदा सोही स्थान कै ५ वर्षीय बालक गौरव थापा र ७ वर्षीय शुसान्त पोखरेल घाईते भएका छन् । पर्खालले च्याप्दा घाईते भएका दुबैजनालाई उपचारको लागि फिस्टेल अस्पताल लगिएको छ । उक्त स्थानमा तत्कालै प्रहरी टोली खटिई घटनाका विषयमा थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
पोखरा महानगरपालिका वडा नं ६ जरेवरमा ग १० प ४०७९ नं.को मोटरसाईकलले पैदल यात्रीलाई ठक्कर दिएर घाईते बनाएको छ । घाईते हुनेमा पोखरा महानगरपालिका(१७ ड्यामसाईड बस्ने वर्ष ५६ का बल बहादुर जि.सि. रहेका छन् । उनलाई उपचारको लागि गण्डकी मेडिकल कलेज लगिएको छ । मोटरसाईकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको पनि प्रहरीले जनाएको छ ।
यसैबीच, गाह्रोले च्यापेर ओखलढुङ्गाको थाले गाउँपालिका वडा नं ५ घर भई हाल पोखरा महानगरपालिका १५ लक्ष्मीटोल बस्ने वर्ष ३५का महेश कुमार राई घाईते भएका छन् । पोखरा महानगरपालिका १०राममार्ग स्थित अनिता तिमिल्सिनाको घरमा पानी ट्याङ्कीको गाह्रो लगाएर आर.सि.टी.जाली बुन्ने बेलामा जालि र गाह्रो भत्केर उनी च्यापिएका थिए । च्यापिएकै अवस्थामा रहेका उनलाई स्थानियको सहयोगमा उद्धार गरी उपचारको लागि पश्चिम क्षेत्रीय अस्पतालमा लगीएको छ । घटना बारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाईएको छ ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए