स्याङ्जामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० जना घाइते

स्याङ्जामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० जना घाइते

Syangja-Jeep-Accident-Galyang-Karadi

स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीमा सोमबार साँझ बलेरो जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा चालकसहित १० जना घाइते भएका छन् ।

गल्याङबाट गल्याङ नगरपालिका–९ साङ्लियातर्फ जाँदै गरेको ग १ ज ६५३४ नम्बरको बलेरो जिप साँझ करिब पौने ६ बजे उकालो घुम्तीमा नियन्त्रण गुमाउँदा दुर्घटनामा परेको हो ।

दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए । उनका अनुसार चालकसहित १० जना घाइते छन् । उनीहरूलाई उपचारका लागि अस्पताल पठाइएको छ ।

प्रहरी घटनास्थल पुग्नुअघि नै केही घाइतेलाई स्थानीयले उपचारका लागि अस्पताल पठाइसकेकाले जिपमा कति जना सवार थिए भन्ने यकिन हुन नसकेको प्रहरीले जनाएको छ ।

मृतक र घाइतेको परिचय खुल्न बाँकी रहेको डीएसपी अवस्थीले जानकारी दिए । विभिन्न अस्पतालमा पुगेर घाइतेहरूको विवरण संकलन गर्ने काम भइरहेको उनले बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ