प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो

महाविपत्ति

प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो

प्रध्यानाध्यापक भन्छन्ः कति विद्यार्थी हराए मलाई थाहा छैन

tribhuwan-trishuli-school

त्रिशुली बजारमा रहेको त्रिभुवन त्रिशुली माध्यामिक विद्यालयका प्राध्यानाध्यपक राजेन्द्र दवाडीले आफूसँग एक सय जना मात्रै विद्यार्थी रहेको बताएका छन् ।

बुधबार बिहान त्रिशुली नदीमा आएको बाढीले नुवाकोटको सदरमुकाम विदुरस्थित त्रिभुवन त्रिशुली माध्यामिक विद्यालय बगरमा परिणत गरेको छ ।

प्राध्यानाध्यपक दवाडीले विद्यालयमा हाल एक हजार ६ सय ५० जना विद्यार्थी अध्ययनरत रहेकोमा आफूसँग जम्मा एक सयजना मात्रै सम्पर्कमा रहेको जानकारी दिए । विद्यालयमा १२ कक्षासम्मको पढाइ हुँदै आएको छ ।

उनले भने, ‘सूचना पाएपछि मैंले विद्यालयमा देखेका विद्यार्थीलाई बाहिर निकालेर सुरक्षित ठाउँमा लगेँ । विद्यालयबाट म र एकजना कर्मचारी अन्तिममा निस्किएका हौँ । मसँग अहिले सय जना मात्रै विद्यार्थी छन् । उनीहरुलाई सुरक्षित ठाउँमा लैजाँदैछु। अरुको बारेमा थाहा छैन ।’

बिहानको प्रार्थानाका बेला बाढीको सूचना आएको थियो । विद्यालयभित्र देखेका विद्यार्थीलाई बाहिर निकाले पनि बाँकी धेरै विद्यालय आउँदै गरेको वा घरमै रहेको यकिन छैन । उनीहरूको अवस्थाबारे सुरक्षा निकायले पनि केही बताएको छैन ।

बुधबार बिहान त्रिशुलीमा आएको भीषण बाढीले रसुवासँगै नुवाकोटको तटीय क्षेत्रलाई तहस नहस पारेको छ। बाढीले त्रिशुली बजार नै बगाएको छ ।

नुवाकोटकै शैक्षिक धरोहरका रुपमा रहेको उक्त विद्यालय २००० सालमा स्थापना भएको थियो। कुनै बेला धादिङबाट समेत त्यहाँ पढ्न जाने विद्यार्थीको संस्था ठूलो थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ