विद्यालयमा बाढी पस्नुअघि नै विद्यार्थी निकालेँ, अन्तिममा म निस्केँः त्रिभुवन त्रिशूली मावि प्रअ दवाडी

बाढी वितण्डा

विद्यालयमा बाढी पस्नुअघि नै विद्यार्थी निकालेँ, अन्तिममा म निस्केँः त्रिभुवन त्रिशूली मावि प्रअ दवाडी

‘होस्टेलमा बस्ने र त्रिसुलीवारिका सबै सुरक्षित छन् । त्रिशूली बजार, विदुर, बट्टारतिरबाट आएका विद्यार्थी केही मिसिङ भए कि ? भन्ने आशङ्का छ ।’

tribhuwan-trishuli-school

काठमाडौँ । त्रिशूली बजारमा अवस्थित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीले त्रिसुलीवारिका सबै विद्यार्थीहरू सुरक्षित रहेको बताएका छन् । यस विद्यालयमा कुल १६४३ जना विद्यार्थी अध्ययनरत छन् ।

उनले विद्यालयको होस्टेलमा बस्ने र त्रिसुलीवारिका सबै विद्यार्थी सुरक्षित रहेको बताए । उनले भने, ‘होस्टेलमा बस्ने र त्रिसुलीवारिका सबै सुरक्षित छन् । त्रिशूली बजार, विदुर, बट्टारतिरबाट आएका विद्यार्थी केही मिसिङ भएकी भन्ने आशङ्का छ ।’

दुई वटा बस सुरक्षित रूपमा गएको जानकारी पाएको बताए । उनले भने– ‘केही विद्यार्थी बाढी हेर्न गए कि ? भन्ने छन् । केही अभिभावकहरूले सम्पर्क गरेका छन् । तर वास्तविक विवरण प्राप्त नभएकाले यसै भन्ने अवस्था छैन ।’

आज बिहान विद्यालयमा दैनिक प्रार्थना हुँदै गर्दा बाढीको सूचना आएको थियो । त्यसपछि विद्यार्थीहरू सबैलाई निकालेर विद्यालय खाली गरिएको प्रधानाध्यापक दवाडीले जानकारी दिए ।

‘सबै विद्यार्थीहरु निस्किएपश्चात सबैभन्दा पछि म भागेको हुँ,’ उनले भने । तर विद्यालयबाट भागेका अधिकांश विद्यार्थी को कता गए भन्ने आफूलाई एकिन नभएको उनको भनाइ छ ।

दवाडीले भने, ‘कोही आफन्तकहाँ गए होला । कोही माथितिर गए । विद्यालयको बसमा एक लट विद्यार्थीलाई हामीले खोला पारी तार्‍यौँ । कतिपय आफैँ भागे ।’

विद्यालयका करिब ७० जना विद्यार्थीहरु मात्र अहिले आफूसित रहेको उनले बताए । उनीहरू अधिकांश गर्ल्स होस्टेलका भएको उनको भनाइ छ ।

विद्यार्थी र स्टाफहरूलाई लिएर आफू सुरक्षित ठाउँमा बसिरहेको प्रधानाध्यापक दवाडीले बताए ।

उनले भने, ‘हामी यो कोलोनीको ‘पास्टर’ भन्ने ठाउँमा बसेका छौँ । अब यहाँ केही सम्पर्क छैन, खान दिने व्यवस्था नभएर कसरी खुवाउन सकिन्छ भनेर हेरिरहेका छौं ।’

सकेसम्म सबैलाई सुरक्षित गराउन खोजेको पनि प्रधानाध्यापक दवाडी बताउँछन् ।

विद्यालयमा १२ कक्षासम्मको पढाइ हुँदै आएको छ । विद्यालयमा अध्ययन गर्ने जम्मा विद्यार्थी संख्या १ हजार ६४३ जना छन्।

बुधबार बिहान त्रिशुलीमा आएको भीषण बाढीले रसुवासँगै नुवाकोटको तटीय क्षेत्रलाई तहस नहस पारेको छ। बाढीले त्रिशुली बजार नै बगाएको छ।

नुवाकोटकै शैक्षिक धरोहरका रुपमा रहेको उक्त विद्यालय २००० सालमा स्थापना भएको थियो। कुनै बेला धादिङबाट समेत त्यहाँ पढ्न जाने विद्यार्थीको संस्था ठूलो थियो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ