पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी

दुर्घटना

पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी

ghaite

शुक्रबार अपरान्ह परेको अविरल वर्षाले पोखरा महानगरपालिका वडा नं. १७ हर्क चोकमा आमाछोरी नालीमा बगेका छन् ।

अपराह्न करिब ४ बजे बिरौटाबाट पृथ्वीचोकतर्फ जाँदै गरेको ग १३ प २८५९ नम्बरको स्कुटर हर्क चोकमा साइड लगाएर झर्ने क्रममा सडक नालीबाट आएको पानीको तीव्र बहावले पोखरा–३० ढुङ्गेपाटन बस्ने २६ वर्षीया सुष्मा दाहाल र उनकी २ वर्षीया छोरी रानीका दाहाललाई भल पानीले बगाएको थियो । सुष्माका श्रीमान् ३० वर्षीय कमल दाहालले स्कुटर चलाएका थिए ।

सूचना प्राप्त हुनसाथ वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्यबहादुर बोगटीको कमाण्डमा २१ जनाको प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो।

स्थानीयवासीको समेत सहयोगमा खोजी तथा उद्धार गर्ने क्रममा आमाछोरीलाई पोखरा–१७ बिरौटास्थित नहर कुलोबाट करिब ४ः२३ बजे अचेत अवस्थामा निकालिएको जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र कास्कीले जनाएको छ । दुवै जनालाई गण्डकी मेडिकल कलेजमा उपचारका लागि लगिएको छ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

पोखराका नालीलाई व्यवस्थित गर्न नसक्दा यस्ता घटनाहरू पटक पटक भइरहेका छन् । पर्यटकीय राजधानीका रुपमा चिनिएको पोखराको सडक नै धराप बन्दा लज्जित हुनुपर्ने अवस्था छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ