स्याङ्जाको भीरकोट नगरपालिका–९ मा निर्माण भएको चराङ–धोवादीखोला साउन्दी झोलुङ्गे पुलमा पहिरो खसेपछि पूर्वाधार विकास कार्यालय स्याङ्जाले निर्माण कम्पनीलाई पहिरो हटाएर तत्काल आवतजावत सहज बनाउन निर्देशन दिएको छ ।
साउन मसान्ततिर पुलको छेउमा पहिरो खसेपछि स्थानीयको आवतजावत प्रभावित भएको हो । पहिरोका कारण पुलसमेत कोल्टिएको र स्थानीयलाई आउजाउमा समस्या भएको थियो ।
सामाजिक सञ्जालमार्फत भदौ ३ गते समस्याबारे जानकारी पाएपछि पूर्वाधार विकास कार्यालय स्याङ्जाले निर्माण कम्पनी कर्णाली कन्स्ट्रक्सन एण्ड सप्लायर्स, काठमाडौंलाई पहिरो हटाउन निर्देशन दिएको जनाएको छ ।
कार्यालयका प्रमुख सिडिई गुरुदत्त अधिकारीका अनुसार भदौ ४ गते नै निर्माण कम्पनीलाई पत्राचार गर्नुका साथै फोनमार्फत पनि पहिरो हटाएर आवागमन सहज बनाउन निर्देशन दिइएको थियो ।
कार्यालयका इन्जिनियर पोषराज पौडेलका अनुसार पुलमा खसेको पहिरो सामान्य प्रकृतिको भएकाले करिब १० देखि १२ हजार रुपैयाँ खर्चमै हटाउन सकिने अवस्था छ । निर्माण कम्पनीले कार्यालयको निर्देशन पालना नगरे कार्यालयले कम्पनीको धरौटी रकम जफत गरेर आफैं पहिरो हटाउने उनले बताए ।
उनका अनुसार निर्माण कम्पनीको एक लाख ८० हजार रुपैयाँ धरौटी कार्यालयमा रहेको छ ।
पौडेलले पुलको निर्माण गुणस्तर र डिजाइनमा कुनै समस्या नरहेको दाबी गरेका छन् । उनका अनुसार भित्ताको ढिस्को खसेर पुलमा आवतजावतमा अवरोध पुगेको हो ।
चराङदेखि धोवादीखोला साउन्दीसम्म जोड्ने उक्त झोलुङ्गे पुल निर्माणका लागि ५६ लाख ६१ हजार चार सय ४२ रुपैयाँ लागत अनुमान गरिएको थियो । पुल भने ४० लाख ४२ हजार पाँच सय ७० रुपैयाँमा निर्माण सम्पन्न भएको हो ।
पूर्वाधार विकास कार्यालय र निर्माण कम्पनीबीच २०८२ जेठ २५ गते निर्माण सम्झौता भएको थियो । कार्यालयका अनुसार पुल निर्माणको काम २०८३ जेठ १० गते सम्पन्न भएको हो ।
निर्माण सम्पन्न भएको केही समयमै पुल आसपास पहिरो खसेपछि स्थानीयको आवतजावत प्रभावित बनेको छ । कार्यालयले निर्माण कम्पनीलाई पहिरो हटाउन निर्देशन दिइसकेको जनाएको छ ।
सम्बन्धित खबर
पहिरोले पुलमा असर, ठेकेदारलाई तत्काल हटाउन निर्देशन
स्याङ्जामा हुलाकमार्फत घरमै पुग्यो एक सय १४ जनाको राहदानी
चापाकोटका वडा अध्यक्षमाथि मोसो छ्यापियो
अवैध रूपमा बालुवा लोड गर्दै गरेको ट्याक्टरलाई जरिवाना
निकासी कर नतिरी १५० ब्रोइलर कुखुरा ओसार्ने जीपलाई जरिवाना
बाढी पीडितका लागि स्याङ्जाका चार पालिकाले १६ लाख रुपैयाँ सहयोग गर्ने
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
बाढीपीडितका लागि अटोवेज, प्रतिभा मावि र गोविन्द–कलावती फाउन्डेसनबाट ४१ लाख बढी सहयोग
पोखरामा नालीको भेलले बगाएका आमा र छोरीको ज्यान रहेन
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो