स्याङ्जाको पुतलीबजार नगरपालिकाले रसुवाको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावितका लागि २७ लाख ३९ हजार ८ सय ५८ रुपैयाँ सहयोग गर्ने भएको छ ।
नगरपालिकाको वन, वातावरण तथा विपद् व्यवस्थापन समितिको भदौ १५ गते बसेको बैठकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।
निर्वाचित जनप्रतिनिधिले पाउने मासिक सेवा सुविधाबाट नगरप्रमुख र उपप्रमुखले १५/१५ दिनको, वडाध्यक्ष तथा कार्यपालिका सदस्यले १०/१० दिनको र वडा सदस्यले आफ्नो सेवा सुविधाबाट जनही चार हजार पाँच सय रुपैयाँका दरले गरी तीन लाख ८८ हजार सात सय ५० रुपैयाँ सहयोग गर्ने भएका छन् ।
त्यस्तै, नगरपालिकाको कार्यालय, वडा कार्यालय तथा स्वास्थ्य संस्थामा कार्यरत राष्ट्रसेवक कर्मचारीमध्ये श्रेणीविहीन कर्मचारीको दुई/दुई दिन, राजपत्र अनंकित वा सोसरहका कर्मचारीको पाँच/पाँच दिन र राजपत्रांकित तृतीय तथा द्वितीय श्रेणी वा सोसरहका कर्मचारीको सात/सात दिनको तलबबाट १२ लाख ५१ हजार एक सय आठ रुपैयाँ सहयोग गरिने भएको छ ।
नगरपालिकाले ११ लाख रुपैयाँ बराबरको वस्तुगत सहयोग समेत गर्ने निर्णय गरेको छ । उक्त रकमबाट दैनिक उपभोग्य सामग्री खरिद गरी बाढीपीडितलाई उपलब्ध गराइने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले सहयोग रकम उपलब्ध गराउन लागिएको नगरपालिकाले जनाएको छ ।
सम्बन्धित खबर
स्याङ्जामा ४७ वर्षीय पुरुष मृत फेला
चाडपर्व लक्षित सुरक्षित यात्रा अभियान : स्याङ्जामा ट्राफिक प्रहरीको ‘स्मरण कार्यक्रम’ सुरु
चाडपर्वमा सुरक्षा कडा पार्दै स्याङ्जा प्रहरी, ४२५ प्रहरी परिचालन हुने
स्याङ्जा प्रशासनमा इजलास कक्षबाट मुद्दाको सुनुवाइ सुरु
माइक्रोबसको ठक्करबाट महिला घाइते
स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन
स्याङ्जामा ४७ वर्षीय पुरुष मृत फेला