जिल्ला प्रशासन कार्यालय कास्कीले सार्वजनिक सूचना जारी गर्दै राति १० बजेपछि देउसी भैलो नखेल्न अनुरोध गरेको छ ।
कार्यालयले पर्वलाई मर्यादित, अनुशासित र हर्षोल्लासका साथ मनाउन पनि आह्वान गरेको छ । प्रशासनले तिहार र छठमा कुनै पनि आतिसबाजी, पटका, भूइँचम्पा लगायतको विस्फोटक पदार्थ उत्पादन, भण्डारण, बिक्री वितरण नगर्न आग्रह गरेको छ ।
राति १० बजे पश्चात देउसीभैलो खेलेको भेटिए पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाइने बताइएको छ । विष्फोटक पदार्थ (पटाका) पड्काइएको पाइएमा पनि पक्राउ गरी कारवाही गरिने भएको छ ।

त्यसैगरी, चाडबाडको बेला लोकमार्गका लाइन होटेलबाहेक अन्य होटेल र मनोरञ्जन व्यवसायसमेत राति १० बजे बन्द गर्न आह्वान गरेको छ । सार्वजनिक सूचनामा जुवा, तास, कौडा, सट्टेबाजी, खडखडेलगायत जुवाजन्य खेल नखेल्न र नखेलाउन, मदिरा र मदिराजन्य बस्तुको बिक्री वितरण राति ९ बजेसम्म मात्र नियमानुसार अनुमति प्राप्त व्यवसायीले मात्रै गर्न अनुरोध गरिएको छ ।
स्वीकृति बिना चिठ्ठा, उपहारलगायत कार्यक्रम सञ्चालन नगर्न, मेला÷महोत्सव, प्रदर्शनी आयोजना पूर्व स्वीकृति लिई तोकिएका सर्त पालना गरी मात्रै सञ्चालन गर्न, होटल, किराना पसललगायतका व्यापारिक प्रतिष्ठानले अनिवार्य रुपमा मूल्य सूची राख्न आग्रह गरेको छ । नेपालीको दोस्रो ठूलोचार्ड तिहार यही कात्तिक १९ गतेदेखि शुरु हुँदैछ ।
प्रहरीले चाडपर्वको समयमा घरमा चोरी, लुटपाट हुनेहुदाँ सर्वसाधरणलाई चनाखो हुनुपर्ने उल्लेख गर्दै घरमा धेरै रकम र गहाना नराख्न आग्रह गरेको छ ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए