प्रदेश प्रमुख समक्ष प्रदेश लोक सेवा आयोग गण्डकीको प्रतिवेदन पेस

प्रतिवेदन पेस

प्रदेश प्रमुख समक्ष प्रदेश लोक सेवा आयोग गण्डकीको प्रतिवेदन पेस

'सार्वजनिक प्रशासनलाई चुस्त, निष्पक्ष, जवाफदेही र सक्षम बनाउन आयोगको भूमिका महत्वपूर्ण'

loksewa pratibedan (1)

पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष प्रदेश लोक सेवा आयोग, गण्डकी प्रदेशको वार्षिक प्रतिवेदन पेस गरिएको छ ।

आयोगले आर्थिक वर्ष २०८२/८३ मा सम्पन्न गरेका कामकारबाही समेटिएको सातौं वार्षिक प्रतिवेदन प्रदेश प्रमुख भट्टसमक्ष विहीबार पेस गरिएको हो । आयोगका अध्यक्ष विष्णुप्रसाद नेपालले ‘प्रदेश लोक सेवा आयोग ऐन, २०७६ को दफा ५०’ बमोजिम प्रदेश प्रमुखलाई प्रतिवेदन पेस गरे ।

प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख भट्टले सार्वजनिक प्रशासनलाई चुस्त, निष्पक्ष, जवाफदेही र सक्षम बनाउन आयोगको भूमिका महत्वपूर्ण रहेको बताए । संविधान, प्रचलित कानुन तथा प्रदेश ऐनले तोके बमोजिम आयोगले निष्पक्ष ढंगबाट आफ्नो दायित्व निर्वाह गर्नुपर्नेमा प्रदेश प्रमुख भट्टले जोड दिए ।

प्रदेश प्रमुख भट्टले भने – ‘प्रदेश कानून बमोजिम प्रदेश र स्थानीय तहका कर्मचारीको भर्ना, छनौट र सिफारिसको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्दै कानूनद्वारा निर्दिष्ट समयसीमा भित्र नै वार्षिक प्रतिवेदन तयार गरी पेश गर्नुभएकोमा प्रदेश लोकसेवा आयोग परिवारलाई धन्यवाद व्यक्त गर्दछु ।’

लोक सेवा आयोग सरकारी सेवा गर्न चाहने आम नागरिकको आशा एवम् भरोसाको केन्द्रको रुपमा रहेको हुँदा निष्पक्षता र गुणस्तरीयतामा कुनै सम्झौता नगरी योग्यता प्रणालीको संरक्षण गर्दै स्वतन्त्र निकायको रुपमा आफ्नो गरिमालाई अक्षुण राख्न पनि उनले सुझाव दिए ।

प्रतिवेदन मुख्यमन्त्रीमार्फत् प्रदेश सभामा पेश गरिने र प्रदेश सभामा प्रतिवेदन उपर सघन छलफल भै सो को निश्कर्ष समेतका आधारमा भविष्यमा प्रदेश लोक सेवा आयोगलाई अझै सबल र सशक्त बनाउँदै लगिने छ भन्नेमा विश्वस्त रहेको भट्टले बताए ।

अध्यक्ष नेपालले प्रदेशको सार्वजनिक प्रशासनका लागि आवश्यक दक्ष र योग्य जनशक्ति छनोटमा आयोग निष्पक्ष रुपमा लागिरहेको जनाए । कार्यक्रममा आयोगका सदस्यद्वय कल्पना लम्साल र योगेन्द्र गौचन, सचिव कृष्णप्रसाद लम्साल, प्रदेश प्रमुख कार्यालयका सचिव विजय राना, प्रमुख स्वकीय सचिव रञ्जन अधिकारीलगायतको सहभागिता रहेको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ