डोल्पाको जुफालमा अवतरणका क्रममा सीता एयरको विमानको चक्का फुत्कियो

दुर्घटना

डोल्पाको जुफालमा अवतरणका क्रममा सीता एयरको विमानको चक्का फुत्कियो

१३ यात्रु सकुशल

jufal_sita air

डोल्पाको जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा सीता एयरको विमानको पछाडिको दायाँतर्फको चक्का फुत्किएको छ।

बिहीबार नेपालगन्जबाट डोल्पाको जुफालका लागि उडेको सीता एयरको विमान जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा बिहान ८ः२५ बजे पछाडिको दायाँतर्फको चक्का (टायर) फुत्किएर बाहिर निस्किएको हो।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार विमानमा ७ जना विदेशी नागरिक र ६ जना नेपाली गरी १३ जना यात्रु तथा सदस्य सवार थिए। उनीहरूमध्ये ११ जना पुरुष र २ जना महिला रहेका छन्।

चक्का फुत्किए पनि विमानमा सवार सबै जना सकुशल रहेको र मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। विमानमा समेत अन्य कुनै क्षति नभएको बताइएको छ।

चक्का फुत्किएपछि विमान धावनमार्गमै रहेको र घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ