राजमार्गको अवस्था: गोरखामा पूर्ण रुपमा अवरुद्ध, म्याग्दीमा एकतर्फी

समस्या

राजमार्गको अवस्था: गोरखामा पूर्ण रुपमा अवरुद्ध, म्याग्दीमा एकतर्फी

budhigandaki pul

काठमाडौँ । प्राकृतिक विपद्‌का कारण गण्डकी प्रदेशका दुई राजमार्ग प्रभावित भएका छन्। प्रहरीको पछिल्लो तथ्याङ्क अनुसार म्याग्दी र गोरखा जिल्लाका सडक खण्डहरूमा बाढी तथा पहिरोका कारण यातायात सञ्चालनमा समस्या आएको हाे।

म्याग्दीको रघुगंगा गाउँपालिका-०२ बैसरीस्थित बेनि-जोमसोम सडक खण्डमा गत असोज १० गते पहिरो जाँदा सडक अवरुद्ध भएको थियो। हाल उक्त सडक खण्ड एकतर्फी रूपमा सुचारु गराइएको छ।

त्यस्तै, गोरखाको आरुघाट गाउँपालिका-२, ३ र सोही गाउँपालिका-९ नयाँपुल क्षेत्रमा असोज २५ गतेकाे बाढीले सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

सोतिमा रहेको फलामे पुल तथा आरुघाटबाट धादिङ जोड्ने मुख्य राजमार्ग बाढीका कारण ठप्प भएको हो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ